Monday 9th February 2026

नेपालको राष्ट्रिय फुटबल टिम भोली दिउँसो कुवेत आउँदै


तितोपाटी – सन २०२२ मा  कतारमा आयोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको  राष्ट्रिय फुटबल टिम भोली १ सेप्टेम्बर २०१९ को दिन दिउँसो १४ः२० बजे कुवेत आइपुग्दैछ । नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट भोली दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ राष्ट्रिय खेलाडीहरूको टोलीलाइ स्वागत गर्न कुवेतको सुभान स्थित सेख साद विमानस्थल टर्मिनल ३ मा उपस्थित भैदिनुहुन गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले सबैमा हार्दिक अनुरोध छ ।

नेपाली टिमले आगामी सेप्टेम्बर ५ तारिकको दिन विश्वकप फुटबल २०२२ को छनोटको पहिलो खेल कुवेतको कैफान स्थित स्पोर्टिङ क्लवमा साँझ ७:४५ बजे कुवेतसँग खेल्ने भएको छ। नेपालले विश्वकप छनाेट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनाेट चरणमा  विजयी भएमा सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

यसै छनाेट खेलसँग सम्बन्धित रहेर गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले नेपाली फुटबल टोली र फुटबल एसोसिएशन कुवेत संग समन्वय गरिरहेको छ भने देशको स्वभिमान र गौरव संग जोडिएको नेपाली फुटबल खेलाडीहरुलाई मैदानमा हौसला प्रदान गर्नको लागी धेरै भन्दा धेरै नेपालीहरुलाइ कसरी उपस्थित गराउन सकिन्छ भन्ने विषयमा कुवेतमा क्रियाशिल संघ संस्था,मिडिया साथै समाजका अग्रजहरु,अभियन्ताहरु सँग हिँजो एक विशेष छलफल पनि सम्पन्न गरेको छ । खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदान सम्मको लागि यातायातको ब्यवस्था गर्ने जनाउँदै नेपालको गाैरबसँग जोडिएको यो खेलकुदमा जति सक्दो धेरै नेपालीहरूको उपस्थितिको लागि कुवेतमा कृयाशिल संघ-संस्था तथा अभियन्ताहरूले एेक्यवद्धता जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

प्रतिकृयाहरू
...