Monday 9th February 2026

सोसियल मिडियाको उपेक्षा गर्ने सिद्धिन्छ


तोयानाथ उपेक्षित – सोसियल मिडियालाई उपेक्षा गर्नेहरु अबका दिनमा सिद्धिदै जानेछन । आजभोली मासिनहरु यिनै सोसियल मिडियाबाट धारणा बनाउने भएकाले मुलधारका भनिएका न्युज एजेन्सीहरु तिनका पछिपछि दौडिएको देखिन्छ । किनकी सोसियल मिडियामा समाचारहरुको सत्यता पत्ता लगाउन सजिलो हुन्छ । साँचो र झुठो छुट्याउन गाहो हुँदैन । तर न्युज च्यानलहरुले मन्द विष पिलाईरहेको कुरा मानिसहरुले पत्तै पाउँदैनन ।

सवै ठाउँमा समाचारहरु हुन्छन तर सवै ठाउँमा पत्रकार हुदैनन । पत्रकारले बनाउने समाचारहरुमा मिसन र भिजनले यर्थाथ र बास्तविकतालाई अन्तै मोडिदिएको हुन्छ । पत्रकारले आफ्नो ईन्ट्रेष्ट अनुकुल समाचारको मर्म र भावनालाई अन्तै प्रवाह गरिदिन्छ ।

तर अब पत्रकारको भर पर्नु पर्ने जमना गए । जसले जहाँबाट जे सुचना दिन्छ उही त्यस समाचारको पहिलो श्रोत र साक्षी हुनेछ । समाचार संकलन गर्नेहरुले उसैलाई पछ्याउने छन । उ पनि एक हिसावले रिपोर्टर नै मानिने छ जसले न्युज ब्रेक गरेको हो । अबका दिनमा न्युज ब्रेक गर्न पत्रकारहरुलाई गाहो छ, सोसियल मिडिया फेसबुक, ट्वीटर, ईष्टेग्राम लगायतबाट हरेक मानिसले न्युज ब्रेक गरिदिनेछन । यस्तो अवस्थामा सोसियल मिडियाको उपेक्षा गर्नेहरु स्वतः सिद्धिनेछन । उनीहरुको विरुद्धमा जनमत निर्माण हुन कति पनि समय लाग्दैन ।

करोडौ जनसंख्यामा मुठिभर मानिस शासक हुने, मुठिभरका मानिस पत्रकार हुने, मुठिभरका मानिसले टेलिभिजन र राष्ट्रिय मिडियाहरुमा अन्तर्वार्ता दिने, विचार राख्ने र त्यसैको वरिपरी मुलुक रुमलिने समय सकिएको छ । को भन्दा को कम ? जसले पनि आफ्ना विचार सहजै आफ्नै घरमा बसेर प्रस्तुत गर्न सक्दछ । मानिसलाई सहि लागे लाईक, सेयर हुदै जान्छ र विश्वको जुनसुकै कुनामा एकै छिनमा पुग्दछ र त्यसले एउटा वहस वा तरंग पैदा गरिदिन्छ ।

अब त सोसियल मिडिया सवैका लागि प्लेटफर्म भईसक्यो । यिनलाई विश्वका कुनै शासकले रोक्न र छेक्न सक्ने अवस्था नै छैन । हरेक विषयमा बहस पैरबी जनताले गर्दछन । आफ्ना स्तर अनुसारका कुरा पस्कन्छन । कुनै अदालतमा कोही वकिलहरुले बहस नगरे हुन्छ अब । न्यायधिसले सोसियल मिडियामा गएर अध्यायन गरे पुग्दछ । कन्टेन्ट सार्वजनिक गरिदिनुस एक से एक बहस त्यहाँ भईरहन्छन । फैसला पहिले नै तयार भईसकेका हकमा सयौ वकिलहरुले बहस गरे पनि त्यसको केही अर्थ हुन्न । न्यायधिसहरुले कसैको मिसिल पढदा पनि पढदैनन र कसैको बहसलाई पनि ध्यान पूर्वक सुन्दैनन् बरु तिनले सोसियल मिडिया भने हेरेका हुन्छन ।

आजका दिनमा कुनै पनि विद्रोह वा आन्दोल दवाउन छ भने पहिले सोसियल मिडिया बन्द गर्दछ किन ? सोसियल मिडियालाई केही होईन भनेर आलोचना गर्नेहरु फेरी पनि चौविसै घण्टा किन सोसियल मिडियामा आँखा चिम्म नगरेर बस्दछन ? किन मुलधारका ठुला मिडिया हौ भन्ने सवै जसो मिडिया सोसियल मिडियामा आफूलाई जोडेर भ्युवर वा फलोवर खोज्न मा तल्लिन देखिन्छन । जो सोसियल मिडियामा आफ्नो सामाग्रीलाई प्रस्तुत गर्दैन उसको कुरा कहि पनि विक्दैन । अनि बोल्ने बेलामा सोसियल मिडियालाई खल्लीवल्ली भन्न कसैले मिल्छ ? कसैले तिनको उपेक्षा गरेर बोल्न सक्छ ? जो बोल्छ त्यो सिद्धिन्छ ।


सम्बन्धित शीर्षकहरु

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

प्रतिकृयाहरू
...