Sunday 19th May 2024

सनी लियोनको ठुम्का रहेको ‘पासवर्ड’ को ट्रेलर रिलिज,


तितोपाटी – ‘पासवर्ड’ फिल्मको ट्रेलर रिलिज भएको छ। दुई मिनेट ४७ सेकेन्डको ट्रेलर हेर्दा सिनेमा एक्सनप्रधान रहेको देखिन्छ। सम्राट बस्नेत निर्देशित फिल्मको २७ भदौमा रिलिज हुँदैछ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, अमरजित सिंहको छायांकन छ। सीमा गुरुङको कथामा निर्देशक बस्नेत र महेश दवाडीको पटकथा छ। ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीतमा नृत्य गरेकी छिन्।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...