Thursday 1st October 2026

फष्टलुकमा यस्तो देखियो दीपकको ‘छ माया छपक्कै’


काठमाडौं – सफल फिल्म ‘छक्का पन्जा’ टिमसँग निर्माता रोहित अधिकारीको सहकार्यमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा लगायत फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल र केकी अधिकारी देखिएका छन् ।  आमा सुरस्वती मुभिज, रोहित अधिकारी फिल्मस्को ब्यानरमा बनेको फिल्मको पोष्टरमा भने प्रदर्शन मिति खुलाइएको छैन । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा बनेको फिल्मको जीतु र केदार कार्यकारी निर्माता हुन् ।

हरि हुमागाइँको छायाँकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् ।

संवादमा भने केदार, जीतु र अभिमन्यू निरबीले दीपकलाई सघाएका छन् । एक गीत खिच्न अझै बाँकी फिल्मको सुस्ताएको बजार ‘छ माया छपक्क’ ले ब्यूँत्याउने अपेक्षा गरिएको छ । मुनाफाको ५० प्रतिशत लिने शर्तमा दीपकराज समुहले निर्माता  रोहित अधिकारीसँग सहकार्य गरेका हुन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...