तोयानाथ उपेक्षित – न्यायलय र कानून निरपेक्ष शास्वात सत्य होईन । ती त समाज तह लगाउने र राज्य चलाउन राजनैतिक शक्तिले निर्माण गरेका आफू अनुकुलका औजार मात्र हुन । बहुमत प्राप्त शक्ति अनुकुल कानून बनाईन्छन, त्यसै अनुसार देश र त्यसको प्रशासन चलाईन्छन । न्यायलयलाई स्वतन्त्र भनिए पनि उसले दवाव झेलिरहेको हुन्छ, यो आरोप नभएर संवैधानिक ईतिहासमा बेलाबेला छरपस्ट हुदै आएका तथ्य हुन ।
एउटा पत्रकार जसले यति धेरै जन समर्थन पाएको यो विश्वका ईतिहासमा विरलै देखिने घटना हो जुन नेपालमा देखियो । एउटा हुरीबेहरी पैदा गर्ने गरी रबिले नेपालमा छोटो समयमा पत्रकारिता कसका लागि र किन गर्ने भन्ने सिकाई दिए । दल, व्यवस्था, प्रशासन र कर्मचारी देखि वाक्क दिक्क भएका जनताले रविलाई वास्तविक हिरो माने । भ्रष्टचार, तस्करीतन्त्र, लुट र असुरक्षाको विरुद्ध ढाल बनेर रवि उदाए जसले गर्दा राज्य चलाउने र राज्यको सम्पतीमाथि दोहन गर्नेहरु थरर काप्ने अवस्था आयो ।
अदालतको आदेशका विरुद्ध बोल्न पाईन्न । यो प्रजातन्त्रले चिर्न नसकेको राज्य भित्रको निरंकुश सस्था पनि हो । यसको मतलब अदालत मा भगवान ब्रह्मा बस्दछन भन्ने मान्यता होईन, त्यहाँ बुद्धत्व प्राप्त बुद्धहरुले फैसला लेख्छन भन्ने होईन । मन परे पनि नपरे पनि बोल्न नहुने नियम राज्य संञ्चालनकै लागि बनाएर अन्तिम निकायको रुपमा खडा गरिएको सँस्था मात्र हो । त्यसको धर्म एउटा र चरित्र अर्कै हुन्छ । स्वतन्त्र, निर्भिक र निश्पक्ष न्याय सम्पादन हुन पर्दछ भन्ने मान्यता ले अदालतको आदेश सवैलाई बाध्यकारी हुन्छ भनिन्छ तर न्यायीक आर्दश कानूनको परिकल्पनाले स्थापना गरिएको अदालतमा सवै सोही अनुसारका न्यायमुर्ति हुन्छन भन्ने कुनै ग्यारेन्टी हुन्न । जब राज्य व्याभिचारी हुन्छ अदातल त्यसको प्रभावभन्दा अलग रहन सक्दैन । जस्तो भएपनि, चित्त बुझे, नबुझे पनि मान्नै जवरजस्ती यो राज्यको नियती हो । लोककल्याणकारी मूल्य र मान्यता स्थापित हुने हो भने कुरा अर्कै हुन्छ, नहुदा त्यसको विकल्प के त ? केही छ ? छैन । त्यो राजनैतिक सत्ताले मात्र सोच्न सक्ने कुरा हो । व्याक्ति, जनता वा अहिले भनिए झै भिडले केही गर्दैन । त्वम शरणम गच्छामी भन्नु भन्दा अरु विकल्प हुदैन ।
रवि लामिछाने लाई पक्राउ गरिएको मुद्धाले विभिन्न बहसहरु पैदा गरिदिएको छ । शुरुमा शालिक राम को हत्या की आत्मा हत्या त्यहाँ सवाल उठे, यसै विच राज्यले आफ्ना कव्जामा रहेका सामाग्रि एकाएक सार्वजनिक गरयो । गोप्य राख्नु पर्ने भनिएका कुराहरु को प्रचार गरेर जनस्तरमा रविको चरित्र ध्वस्त पार्ने खेल प्ले भयो अनि उनलाई समात्ने आधार त्यसैलाई बनाईए । प्रशासनको दोहरो भूमिका जनताले बेलैमा बुझे । सरकार ले के गर्न खोज्दैछ भन्ने झन प्रष्ट हुदै गयो । जनतालाई भिड र भेडा भनेर एक थरीले अवमुल्यन गर्ने काम गरिरहे त्यसमा राज्यले परोक्ष भूमिका निभाई रहयो ।
जनआवाज का प्रस्तोता गिरप्तार गरिए र अन्तत उनी ११ दिन पछि ५ लाख धरौटीमा छाडिए त्यो पनि शर्त र आदेश सहित, ताकी शालिकराम आत्माहत्याका विषयमा कहि कतै बोल्नै नपाउने । रविले हिरासतमा रहदा दिएको एउटा अडियो अन्र्तवार्ता पनि उनका लागि महंगो सावित भईदिएको देखिन्छ । उनले बाहिर निस्किएको ३ मिनट भित्र आफूलाई निर्दोष सावित गर्दछु भनेर दिएको चुनौतीलाई थुनछेकको आदेशले रोकिदियो । जनता रबिको त्यो ३ मिनट सुन्न चाहान्थे ।
अदालतमा थुनछेकको बहस भईसकेपछि के कस्ता प्रमाण र कारणहरु ले उनी दोषि हुन भन्न खोजिएको छ त्यो अघोषित रुपमा सार्वजनिक भईसक्यो । अब रवि लाई शालिकराम आत्माहत्या प्रकरणमा बोल्न रोक लगाएर पछि के फैसला गर्ने हुन भन्ने अर्को संसय पैदा पनि गरिदिएको छ । मुद्धा किनारा लागेको होईन । यसको त शुरुवात मात्र भएको छ । रविको आवाज दवाईरहने र मनोवल कमजोर पार्न जुन स्तरको कोशिष भयो यो भने राम्रो संकेत होईन । यो काण्डले निमुखाहरुको आवाजलाई मनोवैज्ञानिक व्लाकमेल भने गरिरहने छ । शालिकराम को लासलाई सौदावाजीको रुपमा रविको विरुद्धमा लामै समय प्रयोग गर्ने कुरा चाही पक्कै देखियो ।
अदालतले रबिसँग पाँचलाख धरौटी माग्यो । उनी भन्दा कम दोषी अर्का पत्रकार युवराज कडेल कसरी भए ? शालिकराम ले उति नै पटक नाम लिएकी उनकी प्रेमिका रुकु कार्की कसरी सामान्य तारिकमा रिह भईन ? यसले रबिलाई कति धेरै तार्जेट गरिएको रहेछ भन्ने देखिन्छ । रविसँग त्यति धेरै र युराजसँग अलिक थोरै र रुकु कार्की लाई साधारण तारेकमा रिहा गर्ने मापदण्ड फैसलामा आउछ की आउदैन पर्खेर हेर्न पर्ने हुन्छ ।
रवि भर्सेस सरकारको यो लडाईमा सवै खालका जनता उठे । त्यसलाई कांग्रेस, राप्रपा वा राजाबादी भन्नेहरु पनि छन । चितवन नेकपाले त आफ्ना कार्यकर्तालाई जुलुसमा नजान भन्यो तर दलिय ह्वीप गलत ठाउँमा थियो कसैले मानेनन । के अझै ती न्यायप्रेमी जनतालाई राजनैतिक बुज्रुकहरु गाली गरिरहन्छौ ? यसो भयो भने मरेको लासलाई जुम्राले छाडे झै जनताले तिनलाई छाड्ने छन किन कि जनता दास होईनन मालिक हुन भन्ने कुरा कसैले भुल्न हुदैन ।