Monday 29th April 2024

एनसीसी कुवेतलाई दूतावासको रेड कार्पेट


तोयानाथ उपेक्षित – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई नेपाली राजदूतावास कुवेतले आफ्नै कार्यकक्षमा औपचारिक रुपमा स्वागत गरेको छ ।

उक्त अवसरमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीले हार्दिकतापूर्वक स्वागत गर्दै आफ्ना भनाईहरु राखेको बताईन्छ । राजदूतले उक्त अवसरमा दूतावास र एनआरएन मिलेर धेरै काम गर्न सकिने भन्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको लागि बधाई एवं शुभकामना दिएका थिए । एनआरएन कुवेतले उक्त अवसरमा प्रस्तुत गरेका मागहरु तथा ध्यान आर्कषणका लागि प्रस्तुत गरेका विषयहरुमा दूतावास सकरात्मक मात्र होईन धेरै अपेक्षा राखेको उनको भनाई थियो । सिंगो राष्ट्रको समृद्धि र पर्यटन वर्ष २०२० को सन्दर्भमा एनआरएनसँग सहकार्यको हात दूतावासले बढाउने राजदूतको कथन थियो ।

एनसीसी कुवेतका महासचिव मान बहादुर तामाङले बाचन गरेर सुनाईएको ध्यान आर्कषण प्रस्तावलाई अध्यक्ष सुजन केसी ले व्याख्या एवं विश्लेषण गर्दै दुतावासलाई सहकार्य र समन्वयका लागि आग्रह गरेका थिए । यसै गरी आईसीसी सदस्य अमित राई एवं सँस्थाका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक समिति सदस्य राजेन्द्र तामाङले उक्त अवसरमा आफ्ना भनाईहरु राखेका थिए ।

अगष्ठ १९ का दिन भएको उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा एनसीसीको नयाँ समितिबाट दूतावास उत्साहित भएको पाईएको सहभागीले बताएका थिए । दूतावासका तर्फबाट राजदुत भण्डारीले मात्र बोलेका थिए भने उनले राजदूतावास नभएका देशहरुमा एनआरएनको सहयोग मार्फत धेरै काम भएको उदाहरण प्रस्तुत गर्दै कुवेतको एनआरएनबाट आफूले धेरै अपेक्षा गरेको समेत प्रष्ट पारेका थिए ।

एनसीसी कुवेतले दूतावाससँग सहकार्य गर्न पेश गरेका ५ वुंदे प्रस्ताव जस्ताको तस्तैः

१. नेपाली दुताबास र नेपाली समुदाय सँग समन्वय गरि पर्यटक वर्ष २०२० मनाउने ।
२. परराष्ट्र तथा श्रम मन्त्रीलाई उपस्थित गराई मध्यपुर्व सम्मेलन कुवेतमा आयोजना गर्ने ।
३. एनआरएनए कुवेतले नेपालको दुर्गमा क्षेत्रमा रहेका कुनै विशेष क्षेत्र पहिचान गरी शिक्षामा एक र स्वास्थ्यमा एक प्रोजेक्ट संञ्चालन गर्ने।
४. नेपालीका लागि नेपाली भन्ने हाम्रो मुल मन्त्रलाइ आत्मसाथ गर्दै कुनै पनि नेपाली समस्यामा परेका बेला त्यसको समाधान गर्न दुताबास र गैरआवाशिय नेपाली संघको बिचमा सहकार्य गर्ने ।
५. कुवेतमा रहेका श्रमिकहरुका समस्याहरुको बारेमा कम्तीमा तिन महिनामा एक पटक दुतावास, गैरआवासिय नेपाली सँघ कुवेत र यहाँ रहेका संघ सस्थाबिच अन्तरक्रिया कार्यक्रम गरी आवश्यकतालाई पहिचान गरि समाधान गर्न पहल गर्ने ।

एनसीसी कुवेतले दूतावास समक्ष पेश गरेका ध्यान आर्काषण प्रस्तावहरुः

१. कुवेतमा घरेलु कामदारको रुपमा९ कुक, ड्राईभर, हाउसबोय, हाउसमेड, बगैचामा काम गर्ने माली,कृषिजन्य कामदार सवैगरी झण्डै २२ हजार नेपाली कामदार रहेको सरकारी तथ्याङकले बताएको छ । उनीहरु नेपाल फर्कन सकेका छैनन । नेपाल गएको खण्डमा रोजगारी गुमाउने डरका कारण वर्षौ देखि परिवार भेटने अवसर पाएका छैन।आवश्यक सम्यन्त्र बनाइ उनीहरुलाई पुन श्रम स्विकृती दिने ब्यवस्था मिलाई दिनुपर्ने ।।
२. रोजगारिका लागि कुवेत आएका कामदारहरुले करार अनुसारको काम र तोकिएको पारिश्रमिक पाएका छैनन साथै बासस्थान पनि निकै दयनिय रहेका गुनासा प्रसस्तै छन । कुवेतमा अलपत्रपरि स्वदेश फर्कन बाध्य हुने गरेका घटनाहरु पनि प्रसस्त छन । यसो हुनमा म्यानपावर कम्पनी मात्र नभई दुताबासको समेत कमजोरि देखिन्छ । सेवा, सुबिधा, काम गर्ने समय र बस्ने बासस्थानको निरक्षण गरेर दुतावासले डिमाण्ड पास गर्ने प्रावधान हुदाहुदै, त्यस्ता खाले समस्या आउनुमा को जिम्मेवार भन्ने सवाल आउछ रु दुतावासले म्यानपावर वा तिनका एजेण्टलाई दोष थोपरेर पन्छन मिल्ने अवस्था हुदैन । तसर्थ म्यानपावर कम्पनीले ल्याएको डिमाण्ड पास गर्नु अगाडि अगाडी त्यहा रहेका कामदारको अवस्था बुझ्नु जरुरी छ । त्यति मात्र नभई कालो सुचीमा रहेका कम्पनीमा समेत नेपालीहरु आईरहेको पाईनु झनै खेदजनक कुरा हुन । यस बिषयमा महामहिम ज्यूको ध्यानकर्षण गराउन चाहान्छौ
३. कुनै पनि नेपाली नागरिकको विदेशी भुमिमा मृत्यु भई शव अलपत्र भएको खण्डमा राज्यले आफ्नो नागरिक प्रतिको दायित्व पुरा गर्दै शब स्वदेश लैजाने ब्यवस्था गरियोस । यो विषयमा खासै महत्व नदिएको वा दवावमा एकाध काम मात्र भएको भन्ने गुनासालाई मध्यनजर गरियोस । यसको लागि महामहिम ज्यूले सरकार समक्ष बिषेश पहल गरि परिणामा देखिनेगरी काम होस भनी अनुरोध गर्दछौ । सरकारी निकायको कुनै पनि विकल्प नभएको अवस्थामा,चन्दा संकलन गर्नु परेमा पिडितको पुण बिवरण सहित सार्वजनिक सुचना प्रकाशन गरिदिन अनुरोध गर्दछौ ।
४. नेपाल सरकार र कुवेत सरकार बिच श्रमसम्झौताका लागि यथाशिघ्र पहल गर्ने र दुई राष्ट्र बिच को कुटनैतिक सम्बन्धलाई यहाँको कार्यकालमा अझ मजबुत बनाउन कुवेत सरकारलाई नेपालमा दुताबास खोल्न अनुरोध वा प्रस्ताव गरियोस ।
५. कुवेत र नेपाल बिच सिधा हवाई सेवा संचालनको लागि विगतको पहल सफल हुनसकेन। अब त्यसलाई सफल पार्ने गरी यहाँ रहेका नेपाली मजदुरलाई घर जान आउन सुविधा सङ्गै पर्यटन विकासमा तथा नेपालमा उत्पादित जडिबुटीजन्य बस्तु र व्यापारिक सम्बन्धलाई स्थापित गर्नको लागी प्रभावकारी पहल गरिनु पर्ने।
६. प्रोजेक्ट भिषामा काम गर्न आउदा वा करार अवधि समाप्त पछि नेपाल फर्कने क्रममा नेपाल नजाने जहाजको टिकट लिनु पर्ने बाध्यात्मक स्थिति रहेको हुदा कामदारहरु ठुलो आर्थिक मारमा पर्ने, अनावश्यक दुःख व्यहोर्न पर्ने अवस्था छ जसका लागि तेस्रो मुलुक जानु पर्ने हुन्छ यो सव गर्न नसकेर कम्पनीबाट पाउनु पर्ने सवै कुरा त्यागेर छुटटी जानेर नफर्कने अवस्था विद्यमान छ । तसर्थ सिदा हवाई सेवा नभएको अवस्थामा नेपाल जाने जहाजको टिकटलाई मान्यता दिन कुवेत सरकार सँग कुटनैतिक पहल गरि समस्याको निकास खोज्नु हुन महामहिम ज्यु सँग अनुरोध गर्दछौ।                                                                                                                                                                                                                            ७. नेपाल बहुजाती,बहुभाषी, बहुसंस्कृतिको विविधताले भरिपुर्ण देश हो।कुवेतमा बसोबास गरिरहेका सवै नेपालीहरुको परक-फरक चाडपर्वमा दूतावासबाट दिइने शुभकामना सन्देशले सबै समुदायमा उत्साह र अपनत्व महसुश भैरहेको हुनाले सदैव निरन्तरता कायम रहोस।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...