Thursday 16th May 2024

चित्रमा पञ्चाङ्ग, भागः १०७


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८१/०१/०५
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

जन्माउने काम आमाको हो प्रकृतिमा ठहर छ
व्यस्त छन् आमाहरू अचेल वसन्तको प्रहर छ
खयाल गर्नु है शिकारी नामका दानवहरू हो
पृथ्वी जगतमा बचेरा कोरल्ने एक लहर छ
हाँसून् खेलून् सबै प्राणीहरू सन्तुष्टिको रहर छ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

व्याधा नजिकै आई हिर्कायो
खुसीको गीत गाई हिर्कायो
बच्चा हुर्काउने जिम्मा थियो
बिहानी पख ~धाई हिर्कायो
निर्दयी ~ मुख बाइ हिर्कायो ।

तेजप्रसाद खनाल दाङ ।

पञ्चाङ्ग ३

ममताको नाम मनमा
जिम्मेवारी काम मनमा
माया लाग्दो पूर्वको लाली
लाग्नुपर्छ घाम मनमा
उदाउँछ गाम मनमा ।

– आर्त अकुलीन

पञ्चाङ्ग ४

आमाको लागि बच्चा जान हो
बाबाको लागि बच्चा सान हो
हुन्छ नि आमा कत्ति साहासी
बाबा आमाक‍‍ो लागि मान हो
गुन्गुनाउने मिठ‍ो गान हो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

आफ्नोभन्दा बढी माया लाग्छ सन्तानको
आफु मरी ज्यादा आयु माग्छ सन्तानको
मान्छेलाई मात्र हैन सबैलाई यस्तै
त्यस्तै ममताले प्राण जाग्छ सन्तानको
मातृत्वले डर चिन्ता भाग्छ सन्तानको ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ६

झार्यौ गुण सबै निखारी आज
खाने होला दात तिखारी आज
सन्तानी माया भुलेर तिमीले
हान्यौ नि तिर भै भिखारी आज
ठूलो पाप गर्यौ शिकारी आज ।

सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७

पखेरू उडायौ शिकारी तिमीले
दयाधर्म सारा निखारी तिमीले
थियो बन्न आमा हियामा सदीक्षा
लियो देह मेरो भिखारी तिमीले
कठै वाँण हान्यौ तिखारी तिमीले ।

चन्द्रावती अधिकरी
कोहलपुर बाँके

पञ्चाङ्ग ८

यो दुनियाँमा धेरैले माया देखाएर पासो थापेका हुन्छन्
मायाको नाम गरि गरि मायामै स्वार्थ पनि टाँसेका हुन्छन्
आमाको माया मात्रै यस्तो माया हो जुन अवर्णनिय हुन्छ
अमुल्य ममता भरि भरि दिइ आफ्नो जुनी काटेका हुन्छन्
सन्तानलाई मुटु झिकेर दिदा नै खुशीले हाँसेका हुन्छन् ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ९

सन्तनको खातिरमा प्राणी मरिहत्य हाल्छन् यहाँ
भोक मेट्नकै निम्तिमा विभत्स जगत् चाल्छन् यहाँ
आफ्नो कस्ले ठान्छ, भोको पेटमा आगो बले पछि
स्वर्थमा मन के को पग्लिन्थ्योर बरु गाल्छन् यहाँ
सन्तानकै लागि बाबुआमाले जीवन फाल्छन् यहाँ !!

विवश पारदर्शी
झापा

पञ्चाङ्ग १०

आफ्नो सृष्टिका लागि कहिल्यै थाक्दिनन् आमा
असमानता मनमा कतै राख्दिनन् आमा
कर्तव्य अनि ममताकी अपार खानी हुन्
समस्याको गर्तबाट कैल्यै भाग्दिनन् आमा
तमाम गर्छिन् केही काम नि साँच्दिनन् आमा ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ११
वास्तविक कुरा तनाव बाँकी राख्दिनन् आमा
पुर्न तयार कुनै गर्त भाकी राख्दिनन् आमा
अलिकति आओस् मात्रै दु:ख दर्द जिन्दगीमा
महत्त्वपूर्ण ठान्दै सोही हाकी राखदिनन् आमा
लड्छिन् तर भुलेर नि डाकी राख्दिनन् आमा ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग १२

सबैको जन्म हुन्छ रहस्यमय जीवन हुन्छ
यही धर्तिमा जन्मिए यहीँ सबै निधन हुन्छ
पसु पंक्षी जिव जन्तु चराचर जगतका हौँ
सबैभित्र पराण हुन्छ अनि आफ्नो पन हुन्छ
योगदान उस्तै हाम्रो बाचुन्जेल लगन हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १३

सन्तानको माया सबैलाई लाग्दो रहेछ
यो बनावटी होइन आफै जाग्दो रहेछ
सन्तानले सुख दिन्छन् भन्ने कहाँ छ यहाँ
तैपनि प्राणीले सन्तान नै माग्दो रहेछ
सन्तान भनेपछि यो दु:ख भाग्दो रहेछ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १४

आफ्नै मात्रै पेट भर्ने कस्तो चलन
आफ्नो लागि अघि सर्ने कस्तो चलन
रिस राग बस्ने सबै जीवत्मा भित्र
अर्कोलाई हानी गर्ने कस्तो चलन
मनबाटै आखाँ तर्ने कस्तो चलन ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा

पञ्चाङ्ग १५

आफ्नो मन र स्वार्थको जाती नबन
अपराधीको लस्कर ताँती नबन
मुटु पत्थर होइन, बिचार गर
समानता गर पक्षपाती नबन
आत्मा परमात्मा चिन घाती नबन ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग १६

खासै सन्तानको मायामा कालसँग डराउदिनन् आमा
परिआउँदा जुनसुकै जालसँग डराउँदिनन् आमा
जतिबेला पनि आफ्नो ज्यानको बाजी थाप्न तयार हुन्छिन्
जस्तोसुकै परिस्थिति र हालसँग डराउँदिनन् आमा
अनि षड्यन्त्र गराउने चालसँग डराउँदिनन् आमा ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १७

सबैलाई आ-आफ्नै वंश चाहिन्छ जगमा
सन्तानरूपी सबैमा अंश पाइन्छ जगमा
प्राणी जगतमा आमानै ममतामयी हुन्छन्
नि:सन्तानले प्रभुको नाम गाइन्छ जगमा
सन्तानकालागि सबै धाम धाइन्छ जगमा ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग १८

कहिले फुपू त कहिले मामा सम्झन्छु
संस्कार दिने पण्डित र लामा सम्झन्छु
जब भगवान्को याद आउँछ त्यो बेला
मलाई जन्मदिने मेरी आमा सम्झन्छु
हुर्काउन गरेको त्यही धामा सम्झन्छु ।

श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...