Monday 29th April 2024

रबीको भविष्य र आवाजविहिनहरुको दाहासंस्कार हुँदैछ


तोयानाथ उपेक्षित – रबी लामीछाने, पुडासैनी आत्माहत्या प्रकरणमा दोषी छन की छैनन भन्ने कुरा अव अदालतको हातमा पुगिसेकेको अवस्था छ । पुडासैनी को आत्माहत्या की हत्या भन्ने विषय विषयान्तरणको अवस्थामा जादैछ । मृत्युकालिन अभिव्याक्तिलाई अन्तिम सत्य बनाउन खोज्ने अन्तिम प्रयासले हत्याको आशंका र अनुसन्धानलाई ओझेल बनाउदैछ । यसैबीच रबीले कमाएको पुन्यकर्मको सदभाव लाई राजनैतिककरण गर्ने प्रयत्न गरेर उनको लोकप्रियाताको सर्वव्यापकताको दाहासँस्कार गर्न कोशिष भईसकेको छ ।

जनआस्थाले प्रहरी बाट भिडियो प्राप्त गर्ने कुरालाई नजरअन्दाज गर्नु , प्रहरीले मिडियामा अनुसन्धान नहुदैको भिडियोे मिडियालाई दिनु गंभिर छानविनको विषय हो तर त्यसमा शसक्त आवाज नउठ्नु आफैमा दुर्गन्धपूर्ण छ । यो यति गंभिर छ जति रबी र उनको टिमलाई पुडासैनीको भिडियो हेरेर मृत्युका लागि दुरुत्साहन गरिएको आरोप लगाईयो त्यो भन्दा धेरै मिडियाबाट सार्वजनिक गरेर रबीको मानमर्दन मात्र गरिएन आवाज विहिनीहरुको आवाजलाई हत्या गर्ने कोशिष गरिन्दैछ । यो दुरुत्साहनपूर्ण, बदनियतपूर्ण, गंभिर षडयन्त्र र कपटपूर्ण छैन होला ? जहाँ राज्यको संलघ्नताको आशंका गर्ने ठाउँ प्रसस्त देखिन्छ ।

लासजाँच प्रकृति मुचुल्काको अवस्थामा पुडासैनीको शरीरमा भएका निलोडामका कुरा छन, उनको सिरानी बदलिएको छ, छेउमा कसैको कुम जस्तो भाग देखिन्छ, अर्धनग्न अवस्थामा अभिव्यक्ति दिएका पुडासैनी झुण्डदा टिपटप ड्रेसअपमा छन, खुट्टाले खाटमा उभिन सक्ने अवस्था छ ।

यसरी नै आत्माहत्या गर्दाका सामान्य लक्षणहरु ज्स्तो दिसा पिसाव गरेका नगरेका कुरा के छ ? स्वासनलिको अवस्था के छ ? वीर्य र रगतको अवस्था के छ ? यी पोष्टमार्टम रिर्पोटमा देखिने कुरा के कस्तो अवस्थामा छन ? ति कुरा प्रहरी प्रतिवेदनमा आउलान नआउलान ? हत्या हो र राज्यको कुनै संलग्नता त्यसलाई लुकाउन लागि परेको छ भने तीनका रिर्पोटहरु फेक बनेर पनि प्रस्तुत हुन सक्दछन । मुख्य कुरा त भिडियो नै अडिट गरिएको भनिएको छ । जे जे प्रहरी प्रतिवेदनमा समेटिनेछन तिनलाई हो हो भन्न सकिने अवस्था छैन भन्ने जनसागरले देखाईसकेको अवस्थामा रबी पक्षको समेत विश्वास समेट्न सक्ने स्वतन्त्र छानविनको अवसर सँगसगै व्यवस्था गर्दा राज्यको के जान्थ्यो ? तर त्यसो गर्न आवश्यक नठान्नु शंकालाई नै मलजल गरेको छ । रबी व्यक्ति रहेनन अब । अपार जनताको मन जितेको मान्छे आफैमा एउटा अर्को राज्य हो। त्यो देशको भरोसा बोक्ने विश्वास हो ।

मनोरोग विशेषज्ञहरुको भनाई पनि बाहिर आएका छन । उनीहरु चरम डिप्रेसन भएको मानिसमा धेरै भ्रमले काम गर्दछ भन्दैछन । यस्तो भ्रमले विमारी बढी शसंकित हुन्छ र आफ्नै मनको बाघको शिकार भएको हुन्छ । उसलाई विवेकले भन्दा आशंकाले संचालन गर्दछ । त्रासले चर्को दवाव सृजना गर्दछ भनिन्छ । शालिकराम रबीलाई भगवान भन्दै आएका अघिल्ला दिनहरुमा एकाएक पापी भन्ने अवस्थामा पुग्नै सक्दैनन तर उनले बोले । भ्रमले बोले कि त्रासले बोले? बोल्न बाध्य पारिएर बोले कि बोल्नै पर्ने भएर बोले ? यी आफैमा विरोधाभाषपूर्ण कुराको छानविन के जरुरी हुन्न ?

मृत्युका बखत उनका परिवारका सदस्यको शंकाको घेरा हत्या नै हो भन्ने थियो । पछाडी दुई दुई ठाउँमा किटानी जाहेरी दिएर रबीलाई दोषी देख्न पुग्नुको पछाडी चलखेल छैन होला भनेर कसरी पत्याउन सकिन्छ ? यहाँ जे पनि हुन्छ यो नेपाल हो भन्ने कुरा बास्तवमै हो की जस्तो लाग्न थालेको छ ।

रबी मुख्य तारो बनाईएका पात्र हुन । हत्या वा आत्माहत्याको पाटो गौण बनाएर अनुसन्धान हुनु , छानविनमा सहयोग गर्दछु भन्दा भन्दै हतार हतार पक्रेर उसका अभिव्याक्तिलाई समेत कैद गर्न प्रशासनलाई उच्च सक्रिय पारिनु विडम्बनापूर्ण छ । रुकु कार्की सँगको च्याट शालिकरामलाई व्लाकमेल गर्ने अस्त्र बनाईएको भए त्यो उनीहरु बीचको अर्को विषय हो त्यसमा रबी कसरी प्रमुख योजनाकर्ता हुन जस्तो गरेर अनुसन्धानको शिका उनीमाथि कसिन्दैछ ? रबीलाई महाअपराधी जस्तो आशयले जसरी आग्रहपूर्ण आक्रमण भएको छ र त्यही हिसावले उच्च महत्व दिएर प्रचार गर्न एकथरी बौद्धिक भनिनेहरुले कुतर्क गरिरहेका छन उनीहरु मा जलन, ईश्र्या र ग्लानी भन्दा अरु केहीले काम गरिरहेको छैन ।

कुनै दलका नेता, कुनै तस्कर, दलाल, ठेकेदार र भ्रष्टचारीहरु सवैको निद हराम पार्ने रबी लाई फसाउने यो उपयुक्त मौका हो भनेर लाग्ने ठुलो तप्का अव षडयन्त्र फेल हुन हुदैन भनेर शक्तिकेन्द्रमा दबाब बढाईरहेका छन । यदि अदालत समेत यो जालोभित्र फस्यो भने रबीलाई निस्कन सजिलो छैन । स्वतन्त्र अनुसन्धान गर्न दिन पर्दछ । रबी कानून भन्दा माथि छैनन भन्नु पनि आफैमा एउटा गंभिर आपत्तिको विषय छ । जनविस्वासले उर्लिएको महासागरको मनोविज्ञान माथि प्रहार गर्न अनुसन्धान र कानूनका गड्डी हाक्नेहरु जनदवाव नभएको अवस्थामा अरु बलवान हुनेछन र राज्य र सत्ता ले चाहेको नियतीसम्म पुग्न सहजता प्राप्त गर्नेछ । त्यसपछि अर्को फेक प्रमाण र प्रतिवेदन उठाईने छ र रबीलाई फसाईने निश्चित छ । कानून र अनुसन्धानको दुहाई दिनेहरुको मन र मानशिकतामा खोट भएको अवस्थामा आन्दोलन र जनदवाव कमजोर पारिनु कदापी पनि रबी माथि न्याय चाहानेहरुका लागि घात हुन सक्दछ ।

यहाँ सवैले बुझ्न पर्ने कुरा के हो भने पुडासैनीको हत्या भए त्यो पनि अनुसन्धानबाट रिङ आउट पार्ने कोशिष हुदैछ । आत्माहत्या भए रबीलाई फसाउने अर्को खेल त छदैछ । बास्तवमै एक तिर दुई शिकार को खेल पनि हुन सक्छ । नत्र भने मुख्य पात्र भन्दा पूर्व सहकर्मी जसको सम्बन्ध यो घटनामा छदैछैन । मृत्युको बकपत्रलाई सयप्रतिशत सत्य ठान्ने भुल ले अर्को निरपराध र निर्दोष मानिसको हत्या त भईरहेको छैन भनेर अध्यायन र अनुसन्धान नै नगर्ने ? कस्तो बेश्या कुर्तक हो ? पूर्व सहकर्मी भएकै नाताले रबीलाई विशाल हत्यारा जस्तो चित्रण गर्न किन यत्रो शक्ति लागेको हो ? बुझ्न पर्ने कुरा छर्लङ्ग छ की पुडासैनी को मृत्युलाई बहाना बनाएर रबीको भविश्य र आवाज विहिनहरुको आवाजको दाहासँस्कार गरिन खोजिदैछ । यसो भए भोली जनता सँग कुनै पत्रकारले सिधा कुरा गर्ने छैन । सिधाकुरा नेताहरुसँग मात्र हुनेछ र तीनका झुट, फरेहब र चार्तुय कपटहरु सवैले पत्याईरहनु पर्नेछ ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...