Sunday 22nd March 2026

मोना कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्यो


तितोपाटी – ‘इद अल अधा’ को शुभ अवसरमा  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ । कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी गण्डकी प्रदेश ‘ए’ ले द्वितीय पुरस्कार नगद ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

गण्डकी प्रदेश ‘ए’ का खेलाडी दिपेन शारुमगरले उत्कृष्ट खेलाडी पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । मोना कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । पहिलो चरणको खेलमा गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘सि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘बि’ ले नेपाल कुवेत सरोकार समाज कुवेतलाई पराजित गरेको थियो । मोना कुवेतले ‘ए’ ले मोना कुवेत ‘दि’ लाई सोझो सेटमा पराजित गरेको थियो । नवलपरासीलाई सोलबियाले पराजित गरेको थियो । बिजेपीलाई इन्डियनले सोझो सेटमा पराजित गरेको थियो । कल्याणकारी नेपाली युवा समाज नेपाल कुवेतले बागलुङ सेवा समाज कुवेतलाई पराजित गरेको थियो । तनहुँलाई नेपाल टिम माबुल्लाले पराजित गरेको थियो । भने गण्डकी प्रदेश ‘बि’ लाई सोइवाले पराजित गरेको थियो ।

त्यसैगरी क्वाटर फाइनलमा गण्डकी प्रदेश ‘ए’ ले मोना ‘बि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘ए’ ले सोलबियालाई पराजित गरेको थियो । इन्डियन टिमले कल्याणकारी नेपाली युवा समाज कुवेतलाई पराजित गरेको थियो । भने नेपाल टिम माबुल्लाले सोइवालाई  पराजित गरेको थियो ।

सेमिफाइनल खेलमा इन्डियनले नेपाल टिम माबुल्लालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘ए’ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । छेलो प्रतियोगीतामा दिपेन्द्र गौतम प्रथम भएका थिए भने रन रसाइली द्वितीय भएका थिए । छेलो प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई नगद र प्रमाणपत्र पुरस्कार दिइएको थियो । भने केही सस्था र ब्याक्तित्वलाई समेत खादा लगाइ सम्मान पत्र सहित सम्मान गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...