Friday 18th July 2025

मोना कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्यो


तितोपाटी – ‘इद अल अधा’ को शुभ अवसरमा  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ । कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी गण्डकी प्रदेश ‘ए’ ले द्वितीय पुरस्कार नगद ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

गण्डकी प्रदेश ‘ए’ का खेलाडी दिपेन शारुमगरले उत्कृष्ट खेलाडी पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । मोना कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । पहिलो चरणको खेलमा गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘सि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘बि’ ले नेपाल कुवेत सरोकार समाज कुवेतलाई पराजित गरेको थियो । मोना कुवेतले ‘ए’ ले मोना कुवेत ‘दि’ लाई सोझो सेटमा पराजित गरेको थियो । नवलपरासीलाई सोलबियाले पराजित गरेको थियो । बिजेपीलाई इन्डियनले सोझो सेटमा पराजित गरेको थियो । कल्याणकारी नेपाली युवा समाज नेपाल कुवेतले बागलुङ सेवा समाज कुवेतलाई पराजित गरेको थियो । तनहुँलाई नेपाल टिम माबुल्लाले पराजित गरेको थियो । भने गण्डकी प्रदेश ‘बि’ लाई सोइवाले पराजित गरेको थियो ।

त्यसैगरी क्वाटर फाइनलमा गण्डकी प्रदेश ‘ए’ ले मोना ‘बि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘ए’ ले सोलबियालाई पराजित गरेको थियो । इन्डियन टिमले कल्याणकारी नेपाली युवा समाज कुवेतलाई पराजित गरेको थियो । भने नेपाल टिम माबुल्लाले सोइवालाई  पराजित गरेको थियो ।

सेमिफाइनल खेलमा इन्डियनले नेपाल टिम माबुल्लालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘ए’ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । छेलो प्रतियोगीतामा दिपेन्द्र गौतम प्रथम भएका थिए भने रन रसाइली द्वितीय भएका थिए । छेलो प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई नगद र प्रमाणपत्र पुरस्कार दिइएको थियो । भने केही सस्था र ब्याक्तित्वलाई समेत खादा लगाइ सम्मान पत्र सहित सम्मान गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

सुशिल बस्याल "राष्ट्रप्रेमी" -साउने सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साउने सङ्क्रान्ति पर्व प्रायः सबै नेपालीका लागि विशेष महत्त्वको चाड हो।…

प्रतिकृयाहरू
...