Sunday 22nd March 2026

साप्ताहिक राशिफल(साउन १७ गते देखि २३ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष
व्यक्तिगत क्षमताबाटै झिना–मसिना समस्याहरू समाधान गर्न सकिनेछ । व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातःकालीन भ्रमण तथा योगले मानसिक तनावबाट छुट्कारा दिलाउनेछ । अपरिचितहरूबाट आउने प्रेम प्रस्तावप्रतिसचेत रहन सके आफ्नो कल्याण होला । साथीभाइको सहयोगमा ओझेलमा परेका कामहरू पार लाग्नेछन् ।

वृष

छोटो समयमा नजिकिएका इष्टमित्रहरूप्रति विश्वास गर्नाले धोका हुनसक्छ । तत्काल देखिएको आर्थिक अभाव निराकरण गर्न अभिभावकहरूको सहयोग लिनुहोला । विदेशी पाहुनासँग भलाकुसारी गर्दै आनन्द लिन पाइनेछ । खराब आचरण भएकाहरूले पिछा गर्न सक्छन् । जिद्दी गर्ने स्वभावका कारण पछि परिनेछ ।

मिथुन

टाढिएका मित्रहरूको विश्वास जित्न सकिनेछ भने तपाईंको प्रशंसासमेत होला । विदेश यात्राले आकस्मिक लाभ दिलाउने छ । सानै मेहनतले प्रतिस्पर्धीहरूलाई उछिन्न सकिएला । महत्वपूर्ण जिम्मेवारी हात पर्न सक्छ । हरियो रंगको प्रभाव तथा बोलीको मधुरताका कारण रोकिएका कतिपय कार्य पुनः सुचारु हुनेछन् ।

कर्कट

मेहनत गर्न सके विभिन्न अवसर हात लाग्नेछ । आफ्नो नामबाट अरूले फाइदा उठाउन सक्छन् । प्रेमजीवनमा खटपट सिर्जना हुन सक्छ । हितैषीहरूको सहयोगमा समस्या निराकरण गर्न सकिनेछ । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुट्ला । राति बाहिर बस्दा समयको ख्याल गर्नुहोला ।

सिंह

कार्य सम्पन्न गर्न विलम्ब भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । परिश्रमले परिणाममुखी कार्य सम्पन्न गर्न सघाउनेछ । आफ्नो प्रखरता एवं प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । तपाईंको उन्नति देखेर ईष्र्या गर्नेहरू छटपटाउनेछन् । सामाजिक कार्यमा केही धन खर्च हुनसक्छ ।

कन्या

फेसन एवं श्रृंगार प्रसाधनमा धन खर्च हुनसक्छ । प्रेमी–प्रेमिकाले नयाँ–नयाँ चाहना व्यक्त गर्न सक्छन् । अभिभावकहरूको आदेश शिरोधार्य गर्नुमै आफ्नो कल्याण छ । खानपान तथा मनोरञ्जनमा संयम अपनाउनुहोला । साताको अन्त्यमा यात्रा हुनसक्छ ।

तुला

तपाईंको प्रस्तावलाई सहयोगीहरूले सकारात्मक रूपमा लिनेछन् । परिवारसँगको भ्रमणले मन हर्षित तुल्याउनेछ । मन पराउनेहरूलाई उपहार प्रदान गर्न उत्सुक भइनेछ । भोजभतेरमा सहभागी हुँदा विशिष्ट व्यक्तित्वहरूसँग परिचित हुने अवसर जुर्नेछ । सवारी चलाउँदा संयम अपनाउनुहोला ।

वृश्चिक

रातो रंगको पहिरनले सफलतानजिक पु¥याउन ऊर्जा प्रदान गर्नेछ । अवसरको खोजी गर्ने क्रममा जटिल समस्याहरू देखा परे पनि सबै समस्या समाधान हुनेछन् । धेरैको प्रशंसा बटुल्न सकिनेछ । ढिलासुस्ती गर्दा पछि परिनेछ । राति अबेरसम्मको यात्राले बेफाइदा गर्नेछ ।

धनु

सोचविचार नगरी गरिएको निर्णयले उल्टो परिणाम दिनेछ । पूण्य आर्जनतर्फ आकर्षित भइनेछ । पुराना कामको प्रतिफल प्राप्त हुँदा मन रमाउनेछ । भौतिक सुविधाका साधन खरिद गर्न पारिवारिक मत मिल्नेछ । सप्ताहन्तमा घुमघाम तथा मनोरञ्जनमा समय खर्चिनुपर्ला ।

मकर

जुक्ति–बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । उपहार तथा नगद प्रदान गर्नेहरूबाट टाढै रहनुहोला । गलत मनसाय भएकाहरूले पिछा गर्न सक्छन् । मित्रवर्गले वचनअनुरूप समयमै सहयोग नगर्दा संकट बेहोर्नुपर्ला । साताको अन्त्यमा यात्रा हुने सम्भावना छ ।

कुम्भ

साताको सुरुमा कसैको साथ खोज्नु आफ्नो हितमा हुनेछैन । झिना–मसिना काममा अल्झदाँ महत्वपूर्ण समय र व्यापार–व्यवसायमा समेत असर पर्नसक्छ । कार्यव्यस्ततालाई सावधानीका साथ व्यवस्थापन गर्न सके उचाइमा पुगिनेछ । पे्रमको नाटक गर्नेहरूले फसाउने प्रयास गर्न सक्छन् ।

मीन

स–साना त्रुटि नसच्याउँदा प्रेमी÷प्रेमिका टाढिन सक्छिन्, भित्री मनसाय बुझी व्यवहार गर्नुहोला । खानपानको समयतालिका फेरबदल हुँदा स्वास्थ्य समस्याले सताउन सक्छ । अध्ययनको राम्रो अवसर हात पर्ने सम्भावना छ । शीघ्र निर्णय गर्दा फाइदामा होला । मंगलबारपछि प्रेरणादायक कार्य सम्पन्न गर्न सकिनेछ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...