Thursday 15th January 2026

एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि उम्मेदवारी दर्ता जुलाइ २० तारिक हुने


तितोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारी गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । गैर आवासीय नेपाली संघको विधान बमोजिम प्रति एक हजार पञ्जिकृत सदस्य बराबर एक जना अन्तर्राष्ट्रिय परिषदको सदस्य रहन पाउने ब्यवस्था भएकोले कुवेतको हकमा अन्तर्राष्ट्रिय परिषदको सदस्य १ जना मात्र रहने छन् । सोही अनुसार अन्तर्राष्ट्रिय परिषदको सदस्य १ पदको लागि अमेरिकी डलर १००० बराबर हुन आउने ३०५ केडी, संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष १ पदको लागि २५० केडि, उपाध्यक्षहरू प्रथम उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष गरि ३ पदको लागि जनही १७५ केडि, महासचिव १ पदको लागि १५० केडि, सचिव तथा कोषाध्यक्ष १-१ पदको लागि जनही १०० केडि, युवा संयोजक तथा महिला संयोजक १-१ पदको लागि जनही ७५ केडि, सह-कोषाध्यक्ष तथा महिला उप-संयोजक १-१ पदको लागि जनही ५० केडि र सदस्य १० पदको लागि जनही २० केडी उम्मेदवारी शुल्क तोकिएको छ ।

निर्वाचन समितिले यस अघि नै निर्वाचन अचार संहित र निर्वाचन कार्यतालिक प्रकाशन गरिसकेको छ भने यस वर्षबाट अनलाइन पद्दतिमा भरिएको  पञ्जिकृत सदस्यता फारम जुलाइ १९ तारिक शुक्रबार राती १० बजेसम्म भर्न पाइनेछ भने जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेबाट  साँझ ७ बजेसम्म उम्मेदवारी दिन सकिनेछ ।

परेका उम्मेदवारी माथि दावी बिरोधको लागि जुलाइ २२ तारिक तारिक सोमबार साँझ ५ बजे सम्मको समय तोकेको छ भने उम्मेदवारी फिर्ता लिनको लागि जुलाइ २५ तारिक बिहिबार साँझ ५ बजे सम्मको समय सिमा तोकेको छ  भने जुलाइ २६ तारिक शुक्रबार साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने पनि निर्वाचन समितिले यस अघि नै जनाइसकेको छ ।

उम्मेदवारी सम्बन्धी निर्वाचन समितिको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...