Wednesday 15th May 2024

एनआरएनए नेतृत्वको लागि “हाम्रा होईन राम्रा खोजौं”


नबराज पन्थी – कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको पनि शुक्रबारे कार्यक्रममा देखिने गर्दछ । कुवेतमा सन २०१० मा पहिलो पटक एनआरएनए गठन हुँदा वा संस्थापक अध्यक्ष राजेन्द्र तामाङको कार्यकालमा जुन उचाई पाएको थियो त्यो उचाई फर्काउनलाई यो अधिबेशनबाट चयन भएर आउने नयाँ नेतृत्व सफल होला कि नहोला त्यो हेर्न केही महिना पर्खिनै पर्दछ ।

पटक-पटक कुवेतमा भएका एनआरएनएको अधिबेशनमा देखिने नेपाली राजनीतिको जस्तै फोहोरी क्रियाकलापले प्रवासी मजदुर नेपाली दाजु-भाइ दिदी-बहिनीलाई चसक्क छुने गरेको ज्वलन्त उदाहरणले इतिहासको पान्ना रङिएको चित्रण हामी सबै माझ घाम जस्तै छर्लङ्गै रहेको छ । पछिल्लो समय त एनआरएनएको नाम लिदा पनि निधार खुम्च्याउनेहरु प्रशस्तै भेटिए तर बिगत ६-७ महिना देखि पुनः एनआरएनएलाई मल जल गरेर जोगाउन केही ब्यक्तिहरु लागि परेका छन्, त्यसले केही आसा भने जगाएको छ । अब आउने नेतृत्व यस्तो होस कि एनआरएनए र नेतृत्वको नाम मात्रै लिदा पनि परर ताली बजोस गर्व गर्न सकियोस कसैको निधार पनि नखुम्चियोस भनि नेपाली समाजको शुक्रबारे कार्यक्रम र संगी साथी आपसमा गफिदा पनि कुराकानी गरेको सुनिने गर्दछ ।

कुवेतमा एनआरएनए भनेको जसको शक्ति उसको भक्ति हो तर कुबेतको भाबी नेतृत्वमा दावी गर्ने ब्यक्तित्वहरुले पनि यो भनाईलाई खुल्ला चुनौती दिदै सकेसम्म आपसी सहमति समझदारीमा एनआरएनएको साख जोगाईरहन सबैको साझा एनआरएनए बनाउन पनि बौद्धिक योग्य स्वच्छ छवि भएको र निडर ब्यक्तिलाई भावी नेतृत्वमा चुनेर उदाहरण पेस गर्न सक्नु पर्दछ । अझै पनि हामी दाम र शक्तिको पछि लाग्ने राजनीतिबाट प्रेरित भै खुरापाती, स्वार्थ र घमण्डको जमात कै पुजा गर्न थाल्यौ भने कुवेतमा एनआरएनएले काँचुली फेर्न कुनै हालतमा सक्ने छैन। हामी जबसम्म एनआरएनएको नेतृत्वमा पुग्ने ब्यक्ति  भनेको ब्याज लगाएर अतिथि दिर्घाको अग्र पङ्तिमा राजदूतको कोखामा बसेर नाक मात्रै ठुलो बनाउने ब्यक्ति भन्ने भ्रम मात्रै पालेका हुन्छौ, जहिलेसम्म दुई चार पैसा चन्दा सहयोग गर्दैमा नाक ठुलो बनाउने र हामी स्वयंले पनि उनैको भजन कृतन गाउनमा तल्लिन हुन्छौ तबसम्म हात्ती आयो हात्ती आयो फुस्सा भने झै हुनेछ ।

त्यसैले एनआरएनएलाई लोक प्रिय बनाउन ब्याक्तिगत स्वार्थ, राजनीतिक आस्था, दाम र शक्तिको घमण्डबाट टाढै रहेर कुवेतमा रहेका नब्बे हजार श्रमिक मजदुरमुखी एनआरएनए र लगभग ८५ वटा नेपाली संघसंस्थासँग हातेमालो गर्दै एनआरएनएको छातामा गोल्बद्द गराउन सक्ने खुबी भएको ब्यक्तिलाई अध्यक्ष वा नेतृत्वमा पुर्याउन बर्तमान कार्यसमिति अनि सिंगो नेपाली समाज जुट्नै पर्छ । त्यसका लागि हामीले खुलेर भन्नै पर्छ “हाम्रालाई होईन राम्रालाई समर्थन गरौ ।”


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...