Monday 29th April 2024

बैज्ञानिक समाजवाद अबको आवश्यकता


जय नारायण माझी थारू – वि.सं. २००७ सालमा तत्कालिन राणाशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना पश्चात नेपालमा दुई किसिमको राजनितिक धार भएको राजनिति दल पहिलो -प्रजातन्त्र , समाजवाद सहितको नवउदारवाद ,दक्षिणपन्थी पुंजिवाद अंगालेको नेपाली कांग्रेस पार्टी र दोस्रो कम्युनिजम बिचार बोकेको पर्टी नेपाल कम्युनिस्ट पार्टी उदय भएको इतिहासकारले बताउछ ।

दुईवटै राजनीतिक दल बिभिन्न आन्दोलन गर्दै, बाधा अवरोधलाई चिर्दै, देशमा तत्कालिन राजाबाट अपदस्त प्रजातन्त्रलाई फर्काउन र निर्दलिय पञ्चायती साशनको बिरुद्धमा आन्दोलन गर्दै प्रजातन्त्र पुर्ण बहाली र संसदिय ब्यवस्थालाई जोगाउनको लागि धेरै सङ्घर्सहरु गरेर तत्कालिन राजसँस्थालाई घुडा टेकाउँदै देशको साशनसत्ता सताको बागडोर सम्म पुगेको इतिहासहरु ज्वोलन्त छन । बिगतमा गरेको उपलब्धिलाई जनताले नकार्न पट्कै मिल्दैन । देशमा दुई वटै धारको राजनितिक पार्टी पालै पालो देशको साशन सत्तामा पुगे र वर्षौ सम्म देश को बागडोर सम्हाले तर पनि देश र जनताले अपेक्षा गरेको उपलब्धिहरु भनाईमा मात्र सिमिति भए। धनिहरु झन झन धनि हुदै गए भने गरिब जनता झन झन गरिबिको रेखा मुनि बाच्न बाध्य भए । शिक्षामा समानता आएन। बर्ग बिभेदको अन्त्य भएन । जनता उत्पिडनबाट मुक्त हुन सकेनन् । सबैलाई अधिकार प्राप्तिको लागि साम्यवाद, माओवाद्, कम्युनिजम र प्रचण्डपथको सिद्धान्त बोकेर आमुल परिवर्तनको लागि नेकपा माओवादीबाट वि.सं. २०५२ फागुन १ गतेबाट नेपालमा दस वर्षे सशस्त्र जनयुद्ध सङ्खघोस भयो । जनयुद्ध र २०६२/६३ को सन्युक्त दोस्रो जन आन्दोलनको फल स्वरुप राजा सहितको प्रजातन्त्रिक ब्यवस्था ढाल्न सफल पनि भयो । नेपाली जनताको साथ लिदै राजनीतिक दलहरुले विभिन्न चरण पार गर्दै हुदै अहिले सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था ल्याउन सफल भए ।अब भने नेपालको ब्यवस्था परिवर्तनको कोर्स पुरा भएको छ । अब यहि जगमा टेकेर देशलाई समृध्दि र बिकास गर्ने अभिभारा छ देशको नेतृत्व तहमा भएकाहरुको तर बिड्म्बना नेपाल र नेपाली जनातालाई सङ्घिय ब्यस्व्थामा हावी भएको उहि पुरातनवादी सोचबाट ग्रस्त नेतृत्वले छोडेको छैन । यसै कारणले पनि नेपालका यि दुईवटै राजनीतिक धारहरु पुर्णरूपमा असफल भएका छन् ।

वर्तमान राजनीतिमा तीनथरीका मानिसहरु लागेका छन। प्रथम त्यस्ता व्यक्ति जोसँग  कुनै काम, जागिर, ब्यापार छैन ।आफ्नोन जीविकोपार्जनका लागि मागी खाने भाडो संझेर राजनीतिमा संलग्न छन् । दोस्रो पारिवारिक विरासताको जगमा राजनीतिक इच्छा वा संस्कारमा हुर्कंदै राजनीतिमा लागेका छन । तेस्रो निस्वर्थ र निश्पक्ष जनतालाई सेवा गर्ने भावनाबाट प्रेरित भएर राजनीतिमा लागेका छन । २०औँ शताब्दीको मध्यकाल तिर राजनीतिमा लाग्ने मानिसको संख्या अत्यन्त सीमित थियो । त्यसको मुख्य कारण राजनीतिक खुलापनको अभाव थियो । ठूलाबडाहरू सार्वजनिक काम जस्तैः विद्यालय, मठ मन्दिर, बिधालय,पोखरी, इनार बनाएर सामाजिक कार्य गरेर सेवा गर्थे । दोस्रो विश्वयुद्धपछि ठूला र साना मुलुकहरुमा पनि जनताको अधिकारलाई स्थापित गर्न, सुशासन प्राप्त गर्ने उद्देश्यले मानिस राजनीतिमा लागेका थिए । तिनिहरुको उद्देश्य आर्थिक आय आर्जन गर्नु थिएन, थियो त निश्पक्ष सेवा गर्नु , देश र समाजको उत्थान गर्दै अधिकारहरु प्रत्याभुत गराउने एक मात्र उद्देश्य र लक्ष्य थियो । त्यतिखेरका राजनितिज्ञको जीवन सधारण सामान्य थिए । तडकभडक पुर्ण जीवनमा विश्वास गर्दैनथे । राजनेताको जीवन पनि सामान्य मानिस सरह नै हुन्थ्यो । तर हाम्रो देशमा उहि राजसिंहासान शौकतमा डुबिरहेका छन राजनितिकर्मिहरु जसलाई तोड्न देशलाई सुहाउने देशको परिस्थिति सँग जुझ्ने , देशको तमाम समस्याको निराकरण गर्ने ब्यक्ति वा राजनितिक दलको खाचो छ।

बिभिन्न क्रान्ति ,आन्दोलन ,सस्त्र जनयुद्ध , जनआन्दोलन पश्चात आमूल राजनीतिक परिवर्तनहरु भएको सबै सामु छर्लङ छन , तर अझै राज्यका अंगहरु र प्रणालीमा उही पुरातनवादी शैलिको राजा,राणा र पंचायतकालीन समय जस्तो छ। त्यसैले यसलाई पनी परिवर्तन गर्न आवश्यक छ वर्तमान अवस्थामा । त्यसको लागि के के अत्यावश्यक छ त ?
-जनता बाट निर्वाचित प्रत्यक्ष कार्यकारी ब्यस्था /
-सदचार र सुशासन युक्त राजनीति /
-बैज्ञानिक समाजवाद /
-खर्चिलो निर्वाचन प्रणालीको अन्त्य /
-पुरानो कर्मचारीतन्त्र भत्काएर नँया ब्यूरोक्रेसी/
-पूर्ण समावेशी समानुपातीक संसदीय व्यवस्था/
-पुरानो अख्तियारलाई भत्काई स्वतन्त्र जनलोकपालको निर्माण/
⁃ शिक्षा , स्वास्थ्य,  नान्यपालिका, प्रेस स्वस्तन्त्रतामा राजनीतिक हस्तक्षेपको अन्त्य /

त्यसैले अबको यात्रा बैज्ञानिक समाजवाद को हाे जसमा mens of production जो एक ब्यक्तिमा निहित हुदैन । उत्पादन proportional distribution को सद्धान्तमा जन कल्याणकारी नीति लागु गर्नु पर्छ जसमा बर्गिय बिभेद हुदैन, मजदुर वर्ग र मालिक वर्गको सङ्घर्ष हुन जरुरी छ । social democracy लाई बैज्ञानिक ढङ्गले अगाडि बढाउदै self reliance ( आत्मा निर्भर ) परनिर्भरताको अन्त्य, medicaid (जनतालाई उपचार फ्री), social security ( बेरोजगारी जनतालाई बिशेष भत्ता रोजगारी नलागे सम्म) र Industry capital generation अगाडि बढाउन सक्यौ भने देशले काँचुली फेर्न सक्छ ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...