Wednesday 29th July 2026

भारतको मुम्बइमा भारी वर्षाको कारण २१ को मृत्यु, विमानस्थल तथा रेलवे सेवा समेत बन्द


तितोपाटी – मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा २१ जनाको ज्यान गएको छ भने ७० जना भन्दा बढि घाइते भएका छन्।भारतको मुम्बईमा वर्षाको कारण पर्खाल भत्किए पछि  उनीहरूले ज्यान गुमाएका हुन् । अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्। ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए।पछिल्ला २४ घन्टामा २२ जनाको मृत्यु भएको पनि भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

मृतक तथा घाइतेहरू मलाड क्षेत्रको एक निर्माणस्थलमा खटिएका मजदुरहरूको रहेको बताइएको छ। भारतको मौसम विभागले अझै केही दिन पानी पर्न सक्ने भन्दै अलर्ट जारी गरेको छ । त्यहाँको सरकारले नीजि तथा सरकारी अफिस तथा स्कुलहरु बिदा गर्ने निर्णय गरेको छ ।

बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ। वर्षाका कारण मुम्बई विमानस्थलको रनवेमा विमान रोकिएकाले विमानस्थल पनि बन्द भएको छ ।  मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ। शुक्रबारसम्म वर्षा जारी रहने विभागले जनाएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...