Saturday 4th May 2024

मन भित्रको कुरा


कति याद आको होला घरको अनि गाउँको?
दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको ।।

विदेशीको तीतो बोली , बचन कांँडा जस्तै
मिठो बोली तिम्रो याद नयन गाढा उस्तै ।।

जहाँ गयो आफ्नै कथा लेखिदिन्छ कर्म
कस्ले बुझ्ला मेरो पीडा , कस्ले बुझ्ला मर्म ।।

तिमी टाढा भएपनि मन भित्र भित्र
सजाएर राखेको छु तिम्रै मानचित्र ।।

भेट भए कस्तो हुन्थ्यो बोली सुन्दा मख्खै
तिम्रो तन पगालेर माया गर्थे पक्कै ।।

रचनाकार
छबिराम सुनार ( निर्दोष)
बौदीकाली 2 नवलपुर
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...