Friday 9th October 2026

मन भित्रको कुरा


कति याद आको होला घरको अनि गाउँको?
दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको ।।

विदेशीको तीतो बोली , बचन कांँडा जस्तै
मिठो बोली तिम्रो याद नयन गाढा उस्तै ।।

जहाँ गयो आफ्नै कथा लेखिदिन्छ कर्म
कस्ले बुझ्ला मेरो पीडा , कस्ले बुझ्ला मर्म ।।

तिमी टाढा भएपनि मन भित्र भित्र
सजाएर राखेको छु तिम्रै मानचित्र ।।

भेट भए कस्तो हुन्थ्यो बोली सुन्दा मख्खै
तिम्रो तन पगालेर माया गर्थे पक्कै ।।

रचनाकार
छबिराम सुनार ( निर्दोष)
बौदीकाली 2 नवलपुर
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

प्रतिकृयाहरू
...