Wednesday 26th August 2026

अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


तितोपाटी – अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबार टेक्सास राज्यको एडिसन म्यूनिसिपल विमानस्थलमा विमान उडने क्रममा अचानक आगालागी हुँदा त्यसमा सवार १० जनाको ज्यान गएको एडिसन टेक्सासका प्रवक्ताले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। डलास काउंटी मेडिकल एक्जामिनरले सवार दशै जनाको ज्यान गएको पुष्टि गरेका छन्।

एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार थियो।

फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्यो ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...