Saturday 4th May 2024

अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


तितोपाटी – अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। आइतबार टेक्सास राज्यको एडिसन म्यूनिसिपल विमानस्थलमा विमान उडने क्रममा अचानक आगालागी हुँदा त्यसमा सवार १० जनाको ज्यान गएको एडिसन टेक्सासका प्रवक्ताले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। डलास काउंटी मेडिकल एक्जामिनरले सवार दशै जनाको ज्यान गएको पुष्टि गरेका छन्।

एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार थियो।

फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्यो ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...