Saturday 16th May 2026

सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपमा अत्याधिक गर्मी


तितोपाटी – युरोपमा पछिल्लो साता अत्याधिक गर्मीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । फ्रान्स, इटाली, जर्मनी, चेक रिपब्लिकलगायत मुलुकका थुप्रै सहरमा अचानक तापक्रम बढ्दा केहीले ज्यानसमेत गुमाएका छन् । शुक्रबार मध्याह्नसम्म फ्रान्समा ४५ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो । फ्रान्समा सन् २००३ मा ४४ दशमलव १ सेल्सियस तापक्रम पुगेको थियो ।

अत्यधिक तापक्रमसँगै फ्रान्समा स्वास्थ्यमन्त्री एग्नेस बुज्यानले ‘सबैजना खतरामा रहेको’ भन्दै गर्मीबाट बच्न सचेत गराएका छन् । फ्रान्सको जलवायु विभागले त दक्षिणी क्षेत्रका चार ठाउँलाई ‘रेड अलर्ट एरिया’ नै घोषणा गरेको छ । फ्रान्ससँगै जर्मनी, पोल्याण्ड र चेक रिपब्लिकमा जुन महिनामा हुने अहिलेसम्मकै धेरै तापक्रम पुगेको छ । यस्तै इटालीको सरकारले पनि १६ सहरलाई संकटग्रस्त क्षेत्रको रूपमा चित्रित गरेको छ ।

स्पेनमा भने त्यहाँको सरकारले सम्भावित खतराका लागि तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । त्यहाँका विभिन्न ८ प्रदेशलाई ‘रेड अलर्ट एरिया’ को घोषणा गरिएको छ । साथै थुप्रै ठाउँमा ४२ डिग्री सेल्सियससम्म तापक्रम नाघ्नसक्ने अनुमान गरिएको छ । गर्मीकै कारण थुप्रै स्कुलका परीक्षासमेत स्थगित गराइएको छ । मृतकको संख्या यकिन भने छैन । गर्मीसँगै प्रभावित क्षेत्रमा स्वीमिङ पुल, नदी र समुद्री किनारमा मानिसको घुइँचो लाग्न थालेको छ ।

मौसमविद्हरूका अनुसार सहारा मरुभूमीबाट आएको तातो हावाले गर्दा युरोपका विभिन्न सहरमा तापक्रम बढेको हो । अघिल्लो महिनामात्रै चिसो रहेका कतिपय सहरमा पनि जुनमा ह्वात्तै गर्मी बढेको छ । मौसमविद्हरूका अनुसार युरोपका विभिन्न देशमा कायम रहेको तापक्रम अझै बढ्नसक्ने छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...