Saturday 28th February 2026

सरस्वति भुजेलको चलचित्र ‘द डार्क एण्ड लाइट’ भदौ ६ बाट नेपाल अधिराज्य भर प्रदर्शन


तितोपाटी- खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत निर्देशनको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ ।

चलचित्रको छायांकन सम्पन्न भए लगत्तै यसको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चलचित्रकी निर्मात्री तथा कलाकार सरस्वती भुजेलका अनुसार यो चलचित्र यही भदौ ६ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन हुनेछ । चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरिरहेका छन् ।चलचित्र समसामयिक विषयमा आधारित छ । चलचित्रले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताइएको छ ।

चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ ।चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रलाई शिव ढकाल तथा सविन भट्टराईले छायांकन गरेका छन् । कमल राई यो चलचित्रको कोरियोग्राफर हुन् ।सरस्वती भुजेल तथा पिटर खालिङ नै निर्माण रहेको यो चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...