Tuesday 13th January 2026

सारिका केसीको अभिनयमा रहेको ‘ए तिम्रो माया” सार्वजनिक(भिडियो सहित)


तितोपाटी – बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् ।

फिल्मी शैलीमा तयारी पारिएको छ भिडियोमा बरिस्ठ अभिनेता सुनिल थापाको मुख्य भुमिका देख्न सकिन्छ , साथमा चर्चित मोडल विमल अधिकारी र सारिका केसी को अभिनयले भिडियो झनै उत्कृष्ट बनेको छ त्यस्तै अन्य कलाकार ( जमेष बिसी , रमेश अधिकारी ,रश्मि भट्ट ,बि . पाण्डेको भुमिका पनि तारिफयोग्य छ । अतिथि भुमिकामा मधु आचार्य , कृष्ण जोशी,बिष्णु बोहरा ,खिन्ते काका , मन्दिरा अधिकारीले साथ दिएका छन् । उत्षव दाहालको छायांकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...