Saturday 7th February 2026

नेपालमा सार्वजनिक सवारीको भाडा बढेको एक वर्ष पनि नबित्दै सार्वजनिक यातायातमा पुनः भाडा वृद्धि


तितोपाटी – यातायात ब्यवस्था विभागले गत वर्ष बढाएको सार्वजनिक यातायातको भाडा बढोत्तरी गरेको एक वर्ष पनि नुहुँदै पुनः भाडा बढाएको  छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा  आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको हो । यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। गतवर्षको भाडा वुद्धिप्रति असन्तुष्ट बन्दै व्यवसायीहरुले लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका थिए।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि)लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको हो। भाडा वृद्धिका लागि प्राविधिक समितिले सिफारिस गरेकाे थियाे। अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ भने विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ। यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो।

विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ। जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ। यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ…

प्रतिकृयाहरू
...