Monday 1st September 2025

“प्रहरी मेरो साथी” भन्ने नाराकै बदनाम हुने गरि प्रहरीको गतिविधि


तितोपाटी – “प्रहरी मेरो साथी” भन्ने नाराकै बदनाम हुने गरि प्रहरीले गतिविधि गरिरहेको फोटो यतिखेर मिडियामा भाइरल भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिइसके पछि पनि लात हानिरहेको तस्विरले सिंगो प्रहरी संगठनलाइ वदनाम गराएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच एकाएक झडपको स्थिति बन्यो। माइतीघर मण्डलमा नेवा: देय् दबूका नेवा राजनीतिक अभियानका नेवा: राष्ट्रिय पत्रकार दबू लगायत नेवार समुदायका अगुवाहरुले प्रदर्शन गरेका थिए। केही प्रदर्शनकारी घाइते पनि भए। केहीलाई प्रहरीले नियन्त्रणमा पनि लियो।

नियन्त्रणमा लिएका एकजनालाई भने प्रहरीले किक हानिरहेको फोटोले ‘प्रहरी मेरो साथी’ भन्ने नाराकै धज्जी उडाइरहेको थियो।  प्रहरीको लातको सिकार भएका हुन् उपेन्द्रकाजी शाक्य। कालो चस्मा र रातो टिसर्टमा देखिएका शाक्यलाई प्रहरीले लाठीले मात्र हानेनन् लात्तीले पनि प्रहार गरिरहे।

‘म पानीको फोहरा हानेको भिडियो मोबाइलमा खिचिरहेको थिएँ। पछाडिबाट १०/१२ जना प्रहरीको समूह आएर हान्न थाले,’ उपेन्द्रकाजी शाक्यले भने।

प्रहरीले प्रदर्शनकारीमात्र नभइ माइतीघर मण्डल वरिपरि बसिरहेका सर्वसाधारणमाथि समेत पानीको फोहरा प्रहार र लाठी हानेको थियो। त्यही क्रममा शाक्यलाई प्रहरीले नियन्त्रणमा लियो। तर, उनी झडपकै क्रममा भाग्न पनि सफल भए। ‘केही समय नियन्त्रणमा लिएर राख्यो तर अरुलाई नियन्त्रण गरेपछि उम्किन सफल भएँ,’ शाक्यले भने। प्रहरीको लाठी प्रहारबाट शाक्यको शरीरमा चोट लागेको छ। ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौं। प्रहरीले दमन गर्‍यो। यो गलत हो,’ शाक्यले भने।

प्रहरीले प्रदर्शनका क्रममा लाठी प्रहार गरेर दमन गरेको भन्दै आलोचना भएपछि पानीको फोहरा प्रयोग गर्न थालेको छ। तर, नियन्त्रणमा रहेका शाक्यलाई लात्ती प्रहार भएपछि प्रहरी थप आलोचित भएको छ।

-पहिलोपोष्ट बाट


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक दर्रा हुँदै व्यापार मार्ग खोल्ने…

प्रतिकृयाहरू
...