Monday 30th March 2026

सांस्कृतिक मञ्चले पुर्णकला बि.सि. को साथमा अगष्ट ३० मा हरितालिका तीज विशेष कार्यक्रम गर्ने


तितोपाटी – नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अबसरमा अागामी अगष्ट ३०, २०१९ शुक्रबारको दिन नेपालबाट अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका पुर्णकला बि.सि. लाइ कुवेत ल्याइ “हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६” मनाउने भएको छ । मञ्चका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट लाइ सो कुराको गराएका छन् ।

अध्यक्ष बरालका अनुसार, कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक सँस्था नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालबाट अाएकी अतिथि कलाकार र स्थानीय प्रस्तुतिमा संस्थाको तर्फबाट १९अाैं प्रस्तुति स्वरूप तीज विशेष कार्यक्रम अायोजना गर्न लागिएको बताउँदै दिदीबहिनीहरूलाइ खुवाइने तीज विशेष कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल पार्न कुवेत स्थित संघ-संस्था तथा व्यक्ति व्यक्तित्व विशेषलाइ अार्थिक, भाैतिक र नैतिक रूपमा सहयोग गर्न पनि अनुरोध गरेका छन् । गत वर्षहरूमा तीज विशेष कार्यक्रम गर्दा दिदीबहिनीहरूलाइ असुविधा भएको विषयलाइ मध्यनजर गर्दै यस वर्षको तीज विशेष कार्यक्रम ठुलो हलमा गर्न लागिएको पनि अध्यक्ष बरालले बताएकँ छन् ।

तीज विशेष कार्यक्रममा उपस्थितिको लागि कुवेतमा कार्यरत नेपाली समुदाय कुवेतका सबै वर्ग समुदाय र सम्प्रदायका नेपालीहरूलाइ निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ सँस्थालाइ कार्यक्रम नजुधाइदिनुहुन र तीज विशेष कार्यक्रमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन पनि नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले सबैमा अनुरोध गरेको छ ।

हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६ को विवरणः

मितिः ३० अगष्ट २०१९ शुक्रबार ।

स्थानः इन्डियन सेन्ट्रल स्कुल जलिब(गल्फमार्टको ठिक अगाडि) ।

समयः दिनको ठिक १ बजे देखि ।

अायोजकः नेपालकुवेत साँस्कृतिक मञ्च कुवेत ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...