Saturday 26th July 2025

एनआरएनद्वारा ‘NRN FAMILY MEMBER CARD’ वितरण गर्न सुरु


तितोपाटी – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । यो कार्ड संघका पंजीकृत सदस्यहरुका नेपालमा बस्ने परिवार सदस्यहरुको लागि हो। परिवार सदस्य भन्नाले संघका पंजीकृत सदस्यका पहिलो नाताका व्यक्तिहरु पर्दछन। श्रीमान्/श्रीमती, सन्तान र बाबु-आमा मात्र यसमा पर्छन। बिबाह गरेका सन्तानले यो कार्ड लिन पाउने छैनन। यो केवल प्राइमरी किनको लागि मात्र हो।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा संघका अध्यक्ष भुवन भट्टले कार्ड वितरण शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको पनि सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

कार्डबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था गर्न लागिएको एनआरएनले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्न नपर्ने कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने पनि अध्यक्ष भट्टले बताए ।

हाल एनआरएनएमा करिव ७० हजार सदस्यहरु आवद्ध रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...