Monday 19th October 2026

इन्डोनेसियामा कार्गो पानीजहाज दुर्घटना हुँदा १७ जना वेपत्ता


तितोपाटी – इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले हिँजो बुधबार जानकारी दिएको छ ।

शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो । यस कार्गो पानीजहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्यहरु भएको जनाइएको छ । सो पानीजहाज बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तको नजिकै मरोवाली सहरतर्फ गइरहेको थियो ।

चालक दलका सदस्यहरु यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धार कार्य जारी रहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

प्रतिकृयाहरू
...