तिलक भण्डारी(कमल) – हाम्रो जीवनको उदेश्य के हो? हामी किन र के का लागी प्रदेशमा बस्न बाध्य र्छो ? जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बालापन बितिसकेपछि कहिल्य पनि फर्केर अाउँदैन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने परदेशीको जिवन न बज्यो बाँसुरी नरहयो बाँस हुने निश्चित छ ।
नेपालका लगभग ९५ प्रतिशत युवा वैदेशिक रोजगारीमा छाै । युवाको जिम्मेवारी र भावी योजना के हो भन्ने हामी दुबिधामा छाैं । त्यहि कारणले गर्दा हामी मध्येका कतिपय युवा कुलतमा फस्ने र फसेको धैरै दृस्टान्त देख्न सकिन्छ । युवा भित्र भएको जोश जागर र कला उचति ठाउँमा प्रयोग नहुँदा घरदेश छोडेर परदेशमा बस्ने मित्रहरु चेलीले दिएको भेलीमा रम्ने र रमाउने प्रवृति हाबी भएको छ । रम्ने र रमाउनेको पनि केहि सिमा र पावन्दी हुन्छन तर यहाँ कार्तिकमा रमाउने कुकुर र कुकुर्नी जस्तो गरी गल्लि गल्लिमा देखिन्छ । त्यसैको परिणाम मुठभेडमा परिणत भएको दृस्टान्ट समेत हामीले देखे भोगेकै कुरा हो ।
मुठभेडको अन्तिम नतिजा के प्राप्त हुन्छ भन्ने जानकारी नभएको हो कि ! प्रवासमा श्रम बेचिरहेका युवाहरूले पशुपतिनाथमा छोडेको साँडे जस्तो जस्लाइ देख्यो त्यसलाइ घोच्न कोप्न सकिन्छ भनेर आफ्नो नैतिकता गुमाएको भान हुन्छ । त्यसकारण मुठभेडको अन्तिम नतिजा भनेको माकुरीको जिवन चक्र जस्तै हो । माकुरीको जिवन चक्र लगभग हामी नेपाली सबैलाइ थाहा छ ।
स्वघोषित सामाजिक अभियन्ता बनेर सामाजिक अभियानको विगुल फुक्ने तर काम चाहि कंशको जस्तो गर्ने यो किमार्थ मान्य हुदैन । कैसैलाइ पनि समाजिक अभियान किन ? के को लागी ? भन्ने जानकारी नभएको हो की उदेश्य नै छलकपट हो बुझ्नै गाह्रो छ । मरूभुमिमा सहयोगको नाममा आंतक मच्चाउने मित्रहरूको कमी छैनन । यदि समाजिक अभियान भन्ने नै थाहा छैन भने आजैबाट यस्ता सघं सस्था बन्द गनुहोस त्यसैमा सबैको भलो र जय हुन्छ।
सहकार्य र सहयोग नाममा उच्च शिक्षा लिएका भनाउँदाहरू त्यहि कार्यमा घाउमा मलम लगाउन तत्पर देखिन्छन् । तिम्रो उच्च शिक्षाले मात्र साक्षरता बाहेक अरू केहि प्राप्त गरेको देखिन्न र यदि उच्च शिक्षा प्राप्त भएको प्रमाण पत्रले उचित ठाउँमा प्रयोग आउदैन भने यसको काम घरमा दराज भर्ने बाहेक कुनै अर्थ छैन । त्यसकारण मैले शिक्षा लिएको यहि कंश बन्नलाइ हो कि सभ्य, सु-संस्कृत र पृथक समाज निमार्ण गर्नको लागी एकपटक विद्वान मित्रहरुले समिक्षा गर्नुहोस ।
हामी सबैको कर्त्वय र दायित्व भनेको सभ्य, सु-संस्कृत र पृथक समाज निमार्ण गर्नु हो । त्यसकारण हामी सबै सजग हुनु पर्छ कि हामीले कहिल्य पनि आफ्नो धरातल बिर्सने काम गर्नु र गराउनु हुदैन। सकिन्छ भने राम्रो र पृथक काम सिकाउने काम गनु उचित हुन्छ होइन सकिदैन भने यस्ता कुकर्म आफु पनि नगराैं र अरूलाइ पनि बन्देजको लगाम लगाउँ ।
नोटः लेखक तितोपाटी डट कम मा समसामयिक सामाजिक विकृति र विसंगती विरूद्ध नियमित स्तम्भ लेख्ने गर्दछन् ।