Friday 6th March 2026

चेलीले दिएको भेली र बोलीले दिएको गोली


तिलक भण्डारी(कमल) – हाम्रो जीवनको उदेश्य के हो? हामी किन र के का लागी प्रदेशमा बस्न बाध्य र्छो ? जस्ता बिषयको गहन अनुसन्धान आफैबाट शुरूवात गर्नुपर्छ । भनिन्छ समय, जवानी र बालापन बितिसकेपछि कहिल्य पनि फर्केर अाउँदैन । त्यसकारण हाम्रो लक्ष्य उदेश्य के हो भन्ने जानकारी भएन भने परदेशीको जिवन न बज्यो बाँसुरी नरहयो बाँस हुने निश्चित छ ।

नेपालका लगभग ९५ प्रतिशत युवा वैदेशिक रोजगारीमा छाै । युवाको जिम्मेवारी र भावी योजना के हो भन्ने हामी दुबिधामा छाैं । त्यहि कारणले गर्दा हामी मध्येका कतिपय युवा कुलतमा फस्ने र फसेको धैरै दृस्टान्त देख्न सकिन्छ । युवा भित्र भएको जोश जागर र कला उचति ठाउँमा प्रयोग नहुँदा घरदेश छोडेर परदेशमा बस्ने मित्रहरु चेलीले दिएको भेलीमा रम्ने र रमाउने प्रवृति हाबी भएको छ । रम्ने र रमाउनेको पनि केहि सिमा र पावन्दी हुन्छन तर यहाँ कार्तिकमा रमाउने कुकुर र कुकुर्नी जस्तो गरी गल्लि गल्लिमा देखिन्छ । त्यसैको परिणाम मुठभेडमा परिणत भएको दृस्टान्ट समेत हामीले देखे भोगेकै कुरा हो ।

मुठभेडको अन्तिम नतिजा के प्राप्त हुन्छ भन्ने जानकारी नभएको हो कि ! प्रवासमा श्रम बेचिरहेका युवाहरूले पशुपतिनाथमा छोडेको साँडे जस्तो जस्लाइ देख्यो त्यसलाइ घोच्न कोप्न सकिन्छ भनेर आफ्नो नैतिकता गुमाएको भान हुन्छ । त्यसकारण मुठभेडको अन्तिम नतिजा भनेको माकुरीको जिवन चक्र जस्तै हो । माकुरीको जिवन चक्र लगभग हामी नेपाली सबैलाइ थाहा छ ।

स्वघोषित सामाजिक अभियन्ता बनेर सामाजिक अभियानको विगुल फुक्ने तर काम चाहि कंशको जस्तो गर्ने यो किमार्थ मान्य हुदैन । कैसैलाइ पनि समाजिक अभियान किन ? के को लागी ? भन्ने जानकारी नभएको हो की उदेश्य नै छलकपट हो बुझ्नै गाह्रो छ । मरूभुमिमा सहयोगको नाममा आंतक मच्चाउने मित्रहरूको कमी छैनन । यदि समाजिक अभियान भन्ने नै थाहा छैन भने आजैबाट यस्ता सघं सस्था बन्द गनुहोस त्यसैमा सबैको भलो र जय हुन्छ।

सहकार्य र सहयोग नाममा उच्च शिक्षा लिएका भनाउँदाहरू त्यहि कार्यमा घाउमा मलम लगाउन तत्पर देखिन्छन् । तिम्रो उच्च शिक्षाले मात्र साक्षरता बाहेक अरू केहि प्राप्त गरेको देखिन्न र यदि उच्च शिक्षा प्राप्त भएको प्रमाण पत्रले उचित ठाउँमा प्रयोग आउदैन भने यसको काम घरमा दराज भर्ने बाहेक कुनै अर्थ छैन । त्यसकारण मैले शिक्षा लिएको यहि कंश बन्नलाइ हो कि सभ्य, सु-संस्कृत र पृथक समाज निमार्ण गर्नको लागी एकपटक विद्वान मित्रहरुले समिक्षा गर्नुहोस ।

हामी सबैको कर्त्वय र दायित्व भनेको सभ्य, सु-संस्कृत र पृथक समाज निमार्ण गर्नु हो । त्यसकारण हामी सबै सजग हुनु पर्छ  कि हामीले कहिल्य पनि आफ्नो धरातल बिर्सने काम गर्नु र गराउनु हुदैन। सकिन्छ भने राम्रो र पृथक काम सिकाउने काम गनु उचित हुन्छ होइन सकिदैन भने यस्ता कुकर्म आफु पनि नगराैं र अरूलाइ पनि बन्देजको लगाम लगाउँ ।

नोटः लेखक तितोपाटी डट कम मा समसामयिक सामाजिक विकृति र विसंगती विरूद्ध नियमित स्तम्भ लेख्ने गर्दछन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...