Monday 30th March 2026

मुक्त बहादुरलाइ नै नेतृत्व दिंदै जन एकता समाजको अधिवेशन सम्पन्न


नेपाली जन एकता सेवा समाज कुवेतले हिँजो जुन ४ तारिक एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि संस्थाको चाैथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने नयाँ कार्यकालको लागि पुनः मुक्त बहादुर बिकको नेतृत्वमा संरक्षक तथा सल्लाहकार सहित २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । कुवेतको फरवानियामा संस्थाका अध्यक्ष मुक्त बहादुर बिकको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ सँस्थाका प्रतिनीधि, पत्रकार, खेलाडी, कलाकार, साहित्यकर्मी तथा सँस्थामा आवद्ध सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीको रोहबरमा अधिवेशन तथा वार्षिक उत्सव धुमधामका साथ मनाएको हो ।

नेपाली माैलिक पञ्चेबाजाबाट अतिथिहरूलाइ स्वागत गरि दीप प्रज्वलन तथा केक काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी लगायत अतिथिहरू नेपाली दूतावासका पदाधिकारी मित्र सिंजाली, पत्रकार महासंघका उपध्यक्ष नबराज पन्थी, किराँत राई यायोक्खाका अध्यक्ष, मन्जित चाम्लिङ राई, परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, जनसम्पर्क समिति कुवेतका उपाध्यक्ष माधव शर्मा, ट्याक्सी व्यवसायी संघ,कुवेतका अध्यक्ष सुन बहादुर तामाङ र कम्पनीको तर्फबाट खेम सारु मगर लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

विभिन्न साँस्कृतिक गीत संगीत र नृत्य प्रस्तुत गरि मनोरञ्जनात्मक बनाइ हर्षोल्लासपुर्वक मनाइएको उक्त समारोहमा संस्थाले महामहिम राजदूतलाइ दोसल्ला ओढाएर स्वागत गरेको थियो भने उपस्थित सबैलाइ संस्थाका महासचिव डि बी भुसालले स्वागत गरेका थिए । आयोजकले संस्थालाई सहज र सफल बनाउनको लागि आर्थिक नैतिक र भौतिक रुपमा विशेष भूमिका खेलेका व्यक्ति व्यक्तित्वहरू, संस्थाहरु, मिडियाहरु लगायतलाइ सम्मान पत्र र खादाले सम्मान गरिएको थियो भने कार्यक्रमलाई सहजीकरण संस्थापक संयोजक खुम रायमाझीले गरेका थिए ।

“एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ कुवेतमा कार्यरत लुलु इन्टरनेशनल कम्पनीमा रहेका नेपालीहरु मिलेर सन् २०१५ मा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखि नै सक्रिय रही कम्पनीमा रहेका नेपालीहरु तथा बिभिन्न आपत -बिपतमा परेकाहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमाललो गर्दै आएको छ। स्मरण रहोस, यस सँस्थाले हरेक वर्ष रमदान पछि इदको पहिलो दिन वार्षिक उत्सव मनाउँदै आएको छ ।

हिँजोको अधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छ ः

अध्यक्ष:मुक्त बहादुर बिक, प्रथम उपाध्यक्ष: रुद्र प्रसाद राजवंशी, द्वितिय उपाध्यक्ष: भोलानाथ पाण्डे, महासचिव:डिबी भुसाल, सचिव: घनश्याम वास्ताकोटी, कोषाध्यक्ष: थम्मन छन्त्याल, सहकोषाध्यक्ष:रमेश बिक
सदस्यहरुमा:

ठाकुर प्रसाद श्रेष्ठ, दिनेश सुनुवार, दल बहादुर सोमरे, श्याम बहादुर थापा, खेम सारु मगर, दशरथ केसी, भेषराज थापा, भिम बहादुर गुरुङ, ज्ञान बहादुर राना, पुष्पक गाहा मगर, राजु कुमाल, सिता तामाङ, रचना रुम्बा, बुद्धिमाया सुनार,

सल्लाहकारहरु:

धन बहादुर गुरुङ, बल बहादुर राना, हरी प्रसाद न्यौपाने,

संरक्षकहरु:

खुम रायामाझी, झविलाल न्यौपाने र शंकर कुमाल


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...