Monday 19th October 2026

अमेरिकामा सरकारी कर्मचारीले गोली चलाउँदा १२ जनाको मृत्यु


तितोपाटी – अमेरिकामा सरकारी कार्यलयको एक कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । एक सरकारी भवनमा उक्त बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको हो।

भ्वाइस अफ अमेरिकाकाअनुसार अमेरिकाको भर्जिनिया भर्जिनिया राज्यको एक सरकारी भवनमा भएको सो आक्रमणमा ६ जना घाइते भएका छन्। घाइते हुनेमा एक प्रहरी अधिकारी समेत रहेको बताइएको छ।

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। सरकारी कार्यालयमा आक्रमण गर्ने आक्रमणकारी सोही कार्यालयमा कार्यरत कर्मचारी रहेका बताइएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

प्रतिकृयाहरू
...