Wednesday 29th July 2026

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ


तितोपाटी – दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए।

राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सम्पन्न भएको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति वेंकैया नायडु सहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्रका राज्य वा सरकार प्रमुख र किर्गिस्तानका राष्ट्रपति सुरन्बे जिनवेकभ र मौरिसस्का प्रधानमन्त्री प्रविन्द जुगनाउथको पनि विशेष उपस्थिति रहेको थियो।

बिमस्टेकको सदस्य राष्ट्रका रूपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाएका छन्। उनी बिहीबार नै भारत गएका हुन्। भर्खरै सम्पन्न भारतको तल्लो सदन लोकसभा निर्वाचनमा जित हासिल गरेपछि लगातार दोस्रो कार्यकालका लागि मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...