Monday 19th October 2026

मेक्सिकोमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु


तितोपाटी – मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो ।

स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...