Wednesday 29th July 2026

हंगेरीमा डुंगा पल्टिँदा ७ जनाको मृत्यु, १९ जना वेपत्ता


तितोपाटी – हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु भएको छ । ३३ जना सवार दुईतले डुङ्गा पल्टिँदा अन्य १९ जना बेपत्ता भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि अधिकांस दक्षिण कोरियाबाट आएका पर्यटक बेपत्ता भएका हुन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना १९ नागरिक हराइरहेको पुष्टि गरेको छ। उसले एउटा सरकारी टोली हङ्गेरी पठाउने योजना भएको बताएको छ। ड्यानुब नदीमा बिहीवार पूर्वाह्ण खोज तथा उद्धार अभियान चलाइएको छ।

खोजी कार्यमा न्याश्नल एम्बुलेन्स सर्भिस बुडापेस्टको मध्य भागबाट तल खटिएको तथा दक्षिणतिर ड्यानुब नदीमा अन्य डुङ्गाको आवागमनमा रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...