Tuesday 17th March 2026

क्रिकेट रंगशालाको बारमा डोजर लगाउनेहरू पक्राउ


तितोपाटी – भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाको स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरिएको बताए।

रंगशाला निर्माणस्थलमा बार भत्काउने कामप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको मागसमेत गरेका छन्। बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुखद भएको बताएकी छन्। उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरेकी छन्।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...