Thursday 19th February 2026

ब्राजिलका छुट्टाछुट्टै जेलमा ४२ कैदीबन्दीको मृत्यु


तितोपाटी – उत्तरी ब्राजिलको चार ओटा जेलमा सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४२ जनाको ज्यान गएको छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् ।

ब्राजिलका कारागारहरूमा कोचाकोच हुने कारण नै कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गरेको बताइन्छ । जेलभित्र रहेको समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि पुनः यो घटना भएको बताइएको छ । एमाजोनास राज्यको प्रान्तीय राजधानी मनाअसमा यो घटना भएको अधिकारीहरूले बताएका छन् । समाचारअनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको हो।

निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ। अवरोधहरू नियन्त्रणका लागि एउटा कार्यदल पठाइएको अधिकारीहरूले बताएका छन्। सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो।

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...