Friday 6th March 2026

त्रिकोणात्मक प्रेमले खुइल्याएको जवानी


तिलक भण्डारी (कमल) – भगवानको तीन नेत्र हुन्छन भन्ने सुनेको थिएँ तर त्रिकोणात्मक प्रेम हुन्छ भन्ने कल्पना सम्म पनि गरेको थिइन । तर आज आएर मनमा यहि बिषयमा बहस गर्न इच्छा जाहेर भयो । हरेक मानबका बिबिध प्रकारका  इच्छा, अाकांक्षा र चाहना हुन्छन र हुनु पनि पर्छ । तर चाहाना छ भन्दैमा आखाँमा कालो पट्टी बाधेर हिड्नु कति सम्मको जायज हुन्छ ?

हरेक कुराको सिमा र परिधि हुन्छ । हरेक जवानीका मुल्य, मान्यता र सिद्धान्त हुन्छन । जवानी छ भन्दैमा काउली फुले जस्तै गरि फुल्नु त भएन नि। कसरी प्रस्तुत हुने जानकारी नभएको हो की खजुर र हजुरले नजरबन्द गराएको हो ? यो बिषय अलि गहन छ । सबैले दुधालु गाइलाई हेर्ने हुन जब सम्म गाइले दुध दिन्छ तबसम्म गाइलाई हेरचाह र स्याहारसुसार गर्ने हुन जब गाइले दुध दिन छोड्छ तब ति गाइलाइ रोडमा लगेर छोड्ने बाहेक अर्को बिकल्प कतै देखिदैन ।

 यसरी हेर्दा हामीमा सच्चा माया, प्रेम र दया भन्ने कुरा हराउँदै गएको हो कि जस्तो भान हुन्छ । आजभोली यो माया भन्ने चिज सस्तो पनि कति सस्तो भएको, यकिन गर्न नै गाह्रो छ । यो सात समुद्रपारीको भूमरीमा एउटाले तीनवटालाई सम्म भुलाउन र खेलाउन सक्ने अद्भूत क्षमता भएको हामी नेपाली समाजमा नै होला । कला पनि कति मिठो छ । पालै-पालो समय ब्यबस्थापन गर्ने तर यस्को प्रतिकुल असर के हुन्छ भन्ने जानकारी त पक्कै छैन होला ।

अनि यही सेरोफेरोमा रमाएर बस्ने हाम्रा जवान युवाको क्षमता पनि अदभूत नै छ । मित्र म त पहिले नै बुक भएको हजुर भन्दा पनि होइन केहि फरक पर्दैन । कुवाको पानी पिउन मिल्छ तर भत्काउन मिल्दैन भन्दै पछि लाग्ने, मिले सम्म हत्याउन पछि नपर्ने हामी कति पिछडिएका छौ ?  हल्का बिचार सम्म आउँदैन ।

नजरबन्द कसैले पनि गर्नु हुदैन । सच्चा प्रेम एउटा हद सम्म त हुन्छ । अति भयो भने खति हुन्छ भन्ने पनि मगजमा राख्नु पर्छ । कुमारीले त्रिकोणात्मक पेम प्रस्तुत गर्ने र सबैबाट आफ्नो व्यक्तिगत लाभ लिने र अन्त्यमा परदेशबाट घरदेश फर्कदा यताका रावणलाई केहि थाहा नहुने अन्त्यमा न पैसा बचत भयो न आफुले गरेको लगानिबाट फल प्राप्त भयो । झनै सकंटको भुमरीमा धकेल्ने बाहेक अन्य केहि पनि उपलब्ध भएन भनि न्याउरी मारी पछुतो भनि बस्न बाध्य हुन्छन ।

रावणले यदि छोडेर गए भने यता सितालाई धैरै समस्या आइ लाग्छ । महिना पुग्यो कोठा भाडा, दैनिक खाद्यान्न, ईन्टरनेटको बिल, मेकअपको समाग्री लगायतले नयाँ समस्याको सृजना गर्छ । अनि सिताहरूको रोदन सुरू हुन्छ । सबैलाई जानकारी भएकै बिषय हो सुनिल र रूपाको कलियुगका अबतारबाट प्रष्ट हुन्छ । त्यति मात्र कहाँ हो र भिडियो बनाएर सामाजिक संजालमा प्रस्तुत हुन्छन । अनि त्यहि माथि ताप दिनको लागी हाम्रा पत्रकार मित्रहरूले साथ दिन्छन् । कि सर्म्पकमा आउनु होइन भने तपाइको फोटो सहित मिडियामा समाचार बनाइ पोष्ट गर्छो । सबै मिडिया मित्रलाई भनेको होइन पनि अनर्थ नलागोस । समाचार लेखन र प्रस्तुत गर्नु पुर्व सबै जानकारी प्राप्त नभए सम्म यस्ता कुरा बाहिर मिडियाले प्राथमिकतामा राख्नु हुँदैन भन्ने हेक्का पनि राख्न पर्छ ।

तसर्थ प्रेमलाई ताप्न जाने ताप दिन्छ नत्र भने राप मात्रै मिल्छ भन्ने कुरा बुझि राखाैं । ताप दिनु राम्रो होला तर राप दिएर जाँदा जिवनले न छोड्ने न गोड्ने भएर बाँच्न बाध्य बनाउछ । त्यसकारण प्रेम गर्नुहोस साथको लागी तर घातको लागी होइन । महिला या पुरूष दुबै एक अर्काका परिपुरक हुन भन्ने हेक्का सैबले राख्न् पर्छ । प्रेम गरी मुना-मदनको जस्तो अथवा परेवा, ढुकुरका जस्ता जोडि बन्न प्रयत्न गर्नुहोस । यसैमा सबैको भलो होला नभए पनि नुन बिनाको खल्लो त पक्कै हुदैन । तपाइहरूको माया, प्रेम र दया सधै कायम रहिरहोस यहि मेरो तर्फबाट शुभकामना !


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...