Monday 19th October 2026

भेनेजुएलामा बन्दीहरू बिच एकापसमा झडप हुँदा २९ जनाको मृत्यु


तितोपाटी – भेनेजुएलाको एक थुनुवा कक्षमा भएको भिडन्तमा कम्तीमा २९ बन्दीको ज्यान गएको छ । पोर्चुगुएसा राज्यको प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षका बन्दीबीच एक आपसमा भिडन्त भएको हो । घटनाका क्रममा १९ प्रहरी अधिकारी घाइते छन् ।

बन्दी अधिकारसम्बन्धी एक संस्थाका अनुसार बन्दी भेट्न आएका मानिसलाई एक समूहले नियन्त्रणमा लिएपछि दुई पक्षबीच झडप भएको हो । त्यस लगत्तै प्रहरीले हस्तेक्षप गरेपछि थप क्षति भएको जनाइएको छ ।

सार्वजनिक सुरक्षा प्रमुख ओस्कार भलेरोले २५० जना क्षमताको थुनुवा कक्षमा ५४० बन्दी राखिएको थियो । भलेरोले भिडन्तका क्रममा गोली हानाहान तथा गि्रनेड आक्रमणसमेत भएको दाबी गरे ।

भेनेजुएलाका थुनुवा कक्षमा क्षमताभन्दा बढी बन्दी राखिने कारण पटकपटक भिडन्त हुने गरेको छ । सन् २०१८ को मार्चमा कैदीहरुबीचको भिडन्तमा ६८ को मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...