Wednesday 29th July 2026

भेनेजुएलामा बन्दीहरू बिच एकापसमा झडप हुँदा २९ जनाको मृत्यु


तितोपाटी – भेनेजुएलाको एक थुनुवा कक्षमा भएको भिडन्तमा कम्तीमा २९ बन्दीको ज्यान गएको छ । पोर्चुगुएसा राज्यको प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षका बन्दीबीच एक आपसमा भिडन्त भएको हो । घटनाका क्रममा १९ प्रहरी अधिकारी घाइते छन् ।

बन्दी अधिकारसम्बन्धी एक संस्थाका अनुसार बन्दी भेट्न आएका मानिसलाई एक समूहले नियन्त्रणमा लिएपछि दुई पक्षबीच झडप भएको हो । त्यस लगत्तै प्रहरीले हस्तेक्षप गरेपछि थप क्षति भएको जनाइएको छ ।

सार्वजनिक सुरक्षा प्रमुख ओस्कार भलेरोले २५० जना क्षमताको थुनुवा कक्षमा ५४० बन्दी राखिएको थियो । भलेरोले भिडन्तका क्रममा गोली हानाहान तथा गि्रनेड आक्रमणसमेत भएको दाबी गरे ।

भेनेजुएलाका थुनुवा कक्षमा क्षमताभन्दा बढी बन्दी राखिने कारण पटकपटक भिडन्त हुने गरेको छ । सन् २०१८ को मार्चमा कैदीहरुबीचको भिडन्तमा ६८ को मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...