Tuesday 17th March 2026

भारतको गुजरातमा आगलागी हुँदा १९ विद्यार्थीको मृत्यु


तितोपाटी – भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए ।

आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । घाइते दुई दर्जन विद्यार्थीको उपचार भइरहेको छ । आगलागीलगत्तै पुगेका १८ दमकलले आगो निभाएका थिए । साथै भवनमा फसेकालाई हाइड्रोलिक क्रेन लगाएर उद्धार गरिएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । उनले घाइतेलाई तत्काल सबै आवश्यक सहयोग उपलब्ध गराउन पनि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैबीच गुजरातका मुख्यमन्त्री विजय रुपानीले घटनाको छानबिन आदेश दिँदै प्रत्येक मृतकका परिवारलाई ४ लाख भारु दिने घोषणा गरेका छन् ।

तीन महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा आगलागीमा १८ को ज्यान गएको थियो । दिल्लीको करोलबागको होटल अर्पित प्यालेसमा आपतकालिन निकास नहुँदा निस्सासिएर उनीहरुको ज्यान गएको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...