Monday 19th October 2026

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा


तितोपाटी – बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्।

डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा भावुक देखिएकी मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन।

उनले ब्रेक्जिट कामयावी नभएकोमा गहिरो दु:ख रहेको बताएकी छन्। ब्रेक्जिटको लागि समर्थन जुटाउन आफुले पूरा प्रयास गरेको बताउँदै गर्दा मे निकै मलिन देखिएकी थिइन्। नयाँ प्रधानमन्त्रीले पनि यो प्रयास राख्नु देशको हितमा हुने उनले बताइन्।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...