Tuesday 17th March 2026

नेपालले सगरमाथाको उचाइ नाप्यो


तितोपाटी – नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो। प्रमुख नापी अधिकृत (उपसचिव) खिमलाल गौतम, नापी रविन कार्कीसहितको टोली बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेको हो।

उनीहरुको साथमा नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङबु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए। नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको जोशीले बताए। सगरमाथाको उचाइ कति भन्ने नतिजा भने ५–६ महिनापछि मात्रै थाहा हुने सहसचिव जोशीले बताए।

सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिँडेको थियो।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...