Tuesday 3rd March 2026

मोडल खुश्बु ओलीलाइ चेक बाउन्स काण्डमा ३ महिना जेल


तितोपाटी – मोडल तथा पुर्व मिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको हो।

कटुवालले  दुई वर्षअघि ओलीलाई  ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त सापटी फिर्ता गर्न ओलीले दिएको कुमारी बैंक न्युरोड शाखाको चेक साट्न जाँदा पैसा नभएको कटूवालको जिकिर थियो। लगातार चेकसाट्न जाँदा पनि पैसा नभएपछि कटुवालले साउन २९ गते अदालतमा मुद्दा दिएका थिए।

चेक अनादार गरेको भन्दै खुश्बु ओलीलाई कानुनबमोजिम सजाय हुनुपर्ने उनको दाबी थियो। ओलीले  कटुवाललाई ३६ लाख रूपैयाँ पनि तिर्नुपर्ने पनि फैसलामा उल्लेख छ।

खुश्बु ओली सन् २००० मा मिस टिन भएकी थिइन्। त्यसयता उनी मोडलिङ गर्दै आएकी छन्।


सम्बन्धित शीर्षकहरु

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

प्रतिकृयाहरू
...