Saturday 10th October 2026

धरानमा युवतीहरूलाइ बन्धक बनाइ याैनधन्दामा लगाउनेहरू पक्राउ


तितोपाटी – धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरुसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको थियो।

युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ। संखुवासभा, झापा, सुनसरीको चतारकी एकरएक युवती र धरानका तीन युवती सहित ६ जनालाई युद्धार गरि परिवारको जिम्मा लगाइएको उनले बताए। प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर प्रहरीले बन्धक बनाइएका युवतीको उद्धार गरेको हो।

प्रहरीले धरान आसपासका होटलहरुमा पूर्वी पाहाडी जिल्लाहरुबाट युवती ल्याएर बन्धक बनाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि अन्य होटलहरुमा समेत निगरानी बढाएको छ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...