Saturday 10th October 2026

सिके राउतको दल दर्ता, पाए कानूनी बैधता


तितोपाटी- सिके राउत नेतृत्वको जनमत पार्टी सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ ।

खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ वैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।

यसअघि राउतसहित उनका कार्यकर्ताले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...