Friday 17th January 2025

माग सम्बोधन नभएपछि महासंघले दोश्रो चरणको आन्दोलन घोषणा गर्यो


तितोपाटी – नेपाल सरकारले मन्त्रिपरिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्राव्धानहरू प्रेश तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका भएको भनि सो प्राब्धान हटाउन माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा सम्पुर्ण पत्रकारहरूले गत हप्ता पहिलो चरणको विरोध स्वरूप नाडी तथा आखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्दा समेत सरकारले पत्रकारहरूका मागहरूलाइ सम्बोधन नगरेपछि पत्रकार महासंघले दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

विभिन्न सञ्चार संगठनहरुसँगको छलफलपछि महासंघको आज बसेको उपलव्ध केन्द्रीय समितिको बैठकले झण्डै १ महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित भई गत बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकविरुद्ध भएको पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित दोस्रो चरणको आन्दोलन घोषणा गरिएको हो । महासंघले उठाएका जायज मागहरु सम्बोधन गर्नेतर्फ सरकारले कुनै गम्भीरता नदेखाएको बताउँदै दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासचिव विष्टको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ :

‘‘नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ जेठ ५ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भई त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष महासंघले निकालेको छ । पहिलो चरणको आन्दोलन सफल पार्न सहयोग पु¥याउने आम सञ्चारकर्मी, मानव अधिकारवादीहरु, पेशागत संघसंगठनहरु, नागरिक समाज र सम्बन्धित सबैमा महासंघ हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ ।

२. पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन । समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

३. केन्द्रीय समितिको बैठक अघि पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बस्यो । उक्त बैठकमा प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले निम्नाअनुसार विरोधका कार्यक्रम तय गरेको छ ।

संघर्षका कार्यक्रमहरु
जेठ ६ र ७ गते
महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।

जेठ ८ गते
संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।

जेठ ९ देखि १२ गतेसम्म
सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।

जेठ १३ र १४ गते
सांसदहरुसँग भेट गरी छलफल गर्ने ।

जेठ १८ देखि २० गतेसम्म
महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।

जेठ २१ र २२ गते
महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।

जेठ २३ र २४ गते
केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।

जेठ २५ गते
अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने ।

(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने ।)

………………
रमेश विष्ट
महासचिव’’


सम्बन्धित शीर्षकहरु

दुई दिन पहिले मात्र ईजरायल हमास बिच युद्ध विराम संझौता भए पनि ईजरायल ले गाजामा आफ्नै हवाई आक्रमण झन तिब्र…

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको…

मध्यस्थकर्ता कतारले इजरायल र हमासले गाजामा १५ महिनादेखि चलिरहेको युद्ध रोक्न र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको लागि इजरायली बन्दीहरूलाई…

प्रतिकृयाहरू
...