Monday 3rd August 2026

माग पूरा नभए श्रमिकको उडान बन्द गर्ने म्यानपावर ब्यवसायीको चेतावनी


तितोपाटी- नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले आफ्ना माग पूरा नभए बैदेशिक रोजगारीमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ।

माग पू्रा नभए श्रमिकको उडान जेठ १७ देखि २३ गतेसम्म ७ दिनका लागि बन्द गर्ने ब्यवसायीको चेतावनी छ। आफ्ना माग संबोधनका लागि बिरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गर्ने र त्यसबाट उत्पन्न समस्याको जिम्मेवारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिनुपर्ने ब्यवसायीहरुको भनाइ छ।

संघले नगद धरौटीको ब्याज पाउनु पर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेशिया रोजगार सुचारु गर्न मन्त्रालयमा सूचीकृत नभएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रकृया सुरु गर्ने, अनलाइन प्रणली मार्फत मागपत्र प्रमाणीकरण गर्नुपर्ने, दक्षिण एशियाली मुलुकको अभ्यास अनुसार कामदारको दायीत्व तोकिनुपर्ने लगायतका माग अगाडि सार्दै आएको छ।

यो बिषयमा पटक पटक अनुरोध गर्दा पनि मन्त्रालयले कुनै सुनुवाइ नगरेको उनीहरुको आरोप छ।


सम्बन्धित शीर्षकहरु

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्वात जिल्लाको कबल क्षेत्रमा आयोजित आतंकवादविरोधी तथा शान्तिको माग गरिएको र्‍यालीमा आत्मघाती विस्फोट हुँदा कम्तीमा १४…

दक्षिण भारतमा लगातार परेको भारी वर्षा र बाढीका कारण केरलामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने करिब ७,७०० मानिसलाई…

प्रतिकृयाहरू
...