मिति : २०७६-बैशाख -३१ गते
सम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओली ज्यसू
प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल
सम्माननिय प्रधानमन्त्री ज्यु,
आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई आज यस पत्र मार्फत लेख्दै छु ।
सम्माननिय प्रधानमन्त्री ज्यू, म एक देश प्रेमी युवा हु । मेरो देशमा म धेरै विकास भएको देख्न चाहान्छु । र मलाई यो पनि थाहा छ कि मेरा चाहानाहरु वर्षैपिच्छे पुरा हुदै गएका छन् । आज देशले लामो समय पछि आफ्नो आवाज सुन्ने हजुर जस्तो प्रधानमन्त्री पाएको छ र विभिन्न गुनासाका आवाजहरु सुन्दै भए पनि हजुरले नेपाललाई एक विकासित देश बनाउने मिठा सपनाहरूहरु देख्दै,तीनै सपनाहरू पुरा गर्ने यात्रा मा हुनुहुन्छ आज । विभिन्न आवाजहरु सुन्दै हुनुहुन्छ अहिले ,यो समयमा तर पनि माफ पाउ सम्माननिय प्रधानमन्त्री ज्यु हजुर लाई म आज फेरि अर्को आवाज सुनाउदै छु, त्यो आवाज मेरो अनि म जस्तै लाखौं नेपाली युवाहरूको हो, बिश्वको कुनाकाप्चामा पुगेर आफ्नो ज्यान दाउमा राख्दै आफ्नो घरपरिवारलाई खुशी,सुखी अनि आफ्नो उज्ज्वल भबिस्यको मिठा सपनाहरू देख्नेका आवाज हुन् । आज देशमा हर किसिमका कानुनहरु निर्माण भएका छन् । के हजुरले ती कानुनहरु मध्य परदेश बाट देश भित्रिनेलाई देश मै रोजगार दिने कानुन बनाउनु सक्नु हुन्न ? किन आज यो खाडीमा आज लामो समय हुँदा सम्म पनि काम गर्न बाध्य छौं हामी नेपाली ? कारण हाम्रो देशमा अहिले सम्म रोजगारीको सुनिश्चितता छैन ।
देशमा रोजगार नभएको कारण आज म जस्तो लाखौं देश प्रेमी युवाहरू खाडीको तातो घाममा आफ्नै ज्यानको पर्वाह नै नगरी यहाँका दिनार,रियल,दिराम र रिंगेट संग आफ्ना पसिना साट्न बाध्य भएका छौँ । हाम्रो देशमा नै रोजगार हुने थियो भने काम अनुसार दाम हुने थियो भने के आज लाखौं युवाहरु विदेशमा आउन थिए र? यहाँ लाखौं युवाहरू छन् अनि तिनै लाखौं युवाहरू आफ्नै हजारौं सपनाहरू लिएर कर्म गरिरहेका छन् । सपना पुरा गर्ने लालसामा ६० डिग्रीको तापमान पनि सहेर काम गरिरहेका छन् । तर के थाहा ती परदेश नै नछिरेकालाइ परदेशको पीडा अनि दु:ख यहाँको तातो घाम कस्तो हुन्छ भने ? के थाहा यहाँको खबुसको स्वाद कस्तो हुन्छ भनेर ?
सम्माननिय प्रधानमन्त्री ज्यु ,हजुर लाई अनुरोध छ मेरो देशमा नै केहि रोजगारी प्रदान गर्नुहोस् ,ताकी अबको दिन देखी आजका युवाहरु यस खाडीमा आउन बाध्य नहुन । देश मै रोजगारीको सिर्जना गर्नुहोस् । एक परिवारमा एक जना लाई रोजगार मिलोस् । या नि कि एक घर ,एक रोजगारको नीति ल्याउनु होस् । पुराना कर्मचारीलाई हटाइ नयाँ कर्मचारीलाई ठाँउ दिइयोस् येस्तो गर्दा, देशमा भएको केहि बिपन्न परिवारमा राहत पुग्ने छ अनि केहि मात्रामा भने पनि गरीबि हट्ने छ । परदेशबाट सीप हासिल गरि देश फर्केने युवाहरुलाई लगानी नेपाली सरकार बाट प्रदान गरि व्यापार own Business सुरु गर्न नीति ल्याउनु । मलाई राम्रो संग थाहा छ , हजुरले चाहेमा देशले परिवर्तन को नयाँ रुप लिने छ सारा नेपाली जनताहरु ले देश परिवर्तन भएको देख्ने छन् । देश परिवर्तनमा युवाको ठुलो भुमिका हुने गर्छ । त्यसैले युवा बर्गहरुलाई देश मा नै बस्ने वातावरण निर्माण गर्नु पर्छ । हो हजुरले येस्तै नीति अबको यो समयमा ल्याउनु पर्छ र आजको यो आवश्यकता पनि हो । यदि हजुरले साच्चै नै देश विकासित बनाउने सपनाहरू देख्नु भएको छ भने नेपालमा भएका युवाहरुलाई खाडीमा होइन नेपालमा नै केहि रोजगार प्रदान गरि आजको यो युवाशक्ति लाई परिचालन गर्नु सक्नु पर्छ ।
सम्माननिय प्रधानमन्त्री ज्यु , हजुर लाई थाहा छ हामी यो परदेशको तातो घाम मा काम गर्दै गर्दा पसिनाले लिछिपै भिजेको हाम्रो जिउलाई केहि तातो हावा चल्दै गरेको ठाँउमा गएर विभिन्न क्रियाकलाप गर्दै आफ्ना थकाइ मार्ने गर्छौ । उक्त क्रियाकलापहरु गर्दै गर्दा कसैले राम्रो नाटक,कसैले मिठा गित जसले तीनै गाउँ घरको याद दिलाउने गर्छन् अनि भावुक बनाउने साहित्य, कसैले सबैको दु:ख भुलाउने कमेडी, त कसैले थाकेको ज्यान नै चारै तिर भाच्दै नाच्छन् । अनि कुनै साथीहरु छन् जसले हजुरले जस्तै यति मिठो अनि सुनी राख्न मन लाक्ने भाषण पनि गर्छन् । म यी सबै उनीहरु को क्रियाकलाप हेर्दै सोच्छु कि यती राम्रो कलाकारहरु,गायककारहरु,साहित्यकारहरु,हास्यकारहरु,नृत्यकारहरु अनि हजुर जस्तै देश अनि समाज प्रति सोच्ने हाम्रो भोलीका हाम्रा देशका गहनाहरु त म संगै खाडीमा रहेछन् नि ? मन मनै आफुलाइ प्रश्न्न गर्छु भोलीको हाम्रो देशको गहना सबै यसरी अरुको देश बस्ने हो भने हाम्रो देश के हुन्छ होला ? भोलीको दिनमा देशले कुन मोड लेला ? यी सबै कुराहरु हजुरले बुझन आवश्यक छ अहिलेको यो समय मा ! के हजुरलाई लाग्दैन यहाँ येस्ता गर्ने यी सबै देशलाइ काँधमा बोक्ने युवा हुन् भनेर ? अवश्य लाक्छ , त्यसैले यस्ता कला अनि क्षमता भएकोलाई हाम्रो नै देशमा राखी राख्नु पर्छ ।
सम्माननिय प्रधानमन्त्री ज्यु, देशमा अहिले धेरै मात्रमा रेमिटेन्स भित्रीने गर्द्छ यिनै परदेशमा आएको ले खाइनखाइ गरि आफ्नो घर खर्च पठाएको रकम मर्फत तर बिड्बना, यहाँ परदेश मा रहेको नेपालीलाई केहि हुँदा नेपाल सरकारले केही कदम चल्दैन, किन? अस्ति भर्खरै म संगै काम गर्ने एउटा मित्रको अचनक मृत्यु भयो, तर मृत्यु कसरी, के गरि भयो कसैलाई थाहा भएन न त यता कम्पनीले नै जवाफ नै दियो न त राजद्तावासले नै सुन्दै छु । अहिले उसको घरपरिवारले पाउने पर्ने वीमाको रकम जति थियो उति पनि भुत्तानी भए न रे किन? यो घटना को छानबिन नेपाल सरकारले पनि गर्नु पर्ने होइन र ? परदेशको ठाँउ भाषा नमिल्ने भएकोले नि हामी लाखौं नेपालीहरु यहाँको हर क्षेत्रबाट विभेद भोग्नु परेछ । बिरामी हुँदा किन नहोस् ,न्याय माग्न जादा किन नहोस् । बिश्वको हर देशमा रहेको हाम्रो देश नेपालको राजदुतावास को काम के? किन नेपालीहरुलाई गर्ने विभेद प्रति राजद्तावास टुलुटुलु हेरेर बस्छ, किन सम्बन्धित देशसँग अाफ्ना देशका श्रमिकको समान हक, हित र स्तरोन्नतीको सम्बन्धमा बोल्दैन ? यो हामी सबै परदेशीको आवाज हो । अन्य दु:ख हरु नि धेरै छन् परदेशमा यदि हजुर लाई देख्न मन छन् भने आउनुहोस् संगै बसि यहाँको तातो घाममा खबुसको अनि घामले नै तातिएको हिजो हतार हतारमा बनाएको तरकारी खाउँला ताकी हजुरलाई पनि थाहा होस हामी कसरी देश धान्ने रेमिटेन्स पठाउन सफल भएको छौँ ।
सम्माननिय प्रधानमन्त्री ज्यु,लेख्दै जादा पत्र नै लामो भएछ माफ पाउ। मेरा अशुद्ध शब्दहरुलाई पनि शुद्ध बनाई पढ्नु होला हजुरले ! म मेरो देशमा अब को ५ बर्षा पछि मेरि बुढी भएकी आमाको मेरो हातले नै मेरो आँखा अगाडि सेवा गर्न चाहान्छु । यस परदेशमा रहेको हरेक युवाहरु स्वादेश मा नै रोजगार गर्दै गरेको देख्न चाहान्छु । सारा नेपालीलाई परदेशि भुमि एउटा समुन्द्र बनेको छ जसमा माछा अरु नै मार्छ । आशा छ मलाई अब हजुरले नै स्वादेशमा ठुलो समुन्द्रको निर्माण गरि सम्पुर्ण नेपालीलाई माछा मार्न सिकाउनु हुने छ । जसले सारा नेपाली आत्मनिर्भर रहने छन् । अहिलेको यो समयमा धेरै काम भइरहेका छन् अझै यस्तै धेरै काम देख्न पाइयोस् सुभ कामना सम्माननिय प्रधानमन्त्री ज्यु हजुरलाई । यी सबै शब्दहरु पढ्ने बितिकै हजुरले हाम्रा आवाजहरु सुन्दै केहि कदम चाल्नु हुने छ भने बिश्वास लिएको छु । धन्यवाद ………….
उही देश प्रेमी युवा
बिमल पुन मगर
परदेशी खाडी मुलुक ,कुवेत