Thursday 5th March 2026

कहिले सम्म अपहेलित भएर जिउनु पर्ने हो ?


चन्द्र गोतामे – एक्काइसौं शताब्दी सम्म आइपुग्दा पनि नेपाली समाजमा मानव – मानव बिचको जातीय विभेद र छुवाछुतको खाडल कहिल्यै पनि पुरा होला जस्तो भान हुदैन । किनकी समाज दिनानुदिन जातीय विभेद र छुवाछूतको घटनाले बिकराल हुदैँ गएको छ ।समाजमा जातीय विभेद र छुवाछूतको घटना न्यूनिकरण हुनु भन्दा पनि निरन्तर बढिरहेको छ । अहिलेको आवश्यकता भनेको नेपाली समाजमा विगतकका ति अन्धविश्वास, कुरीति र प्राचीनकालमा चल्दै आएका चालचलन निर्मुल पार्नु पर्ने होइन र ? अहिलेको सन्दर्भमा प्राय सबै मानिस शिक्षित भईसकेका छन । तर किन ब्यबहारमा लागु गर्न सकिरहेका छैनन् ? मानव भइसकेपछि एउटा जातिले अर्को जातिका संस्कारको सम्मान गर्नु, जातीय विभेद तथा छुवाछुत बिरुद्ध आवाज उठाउनु अहिलेको आवश्यकता होइन र ? नेपालको पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मको विभिन्न क्षेत्रमा छरिएर बसोबास गर्ने एक जातिले अर्को जातिका संस्कारको सम्मान गर्नु र त्यसलाई आत्मसात गर्नु अहिलेको आवस्यकता होइन र ?

मानव एउटा परिवर्तनलाई पछ्याउने चेतनशिल प्राणी हो । मानव कहिले पनि प्राय एउटै ठाउँ र अवस्थामा रहिरहन सक्दैन । तर पनि जतिसुकै चेतनशील भए पनि केही मानवले आफ्नो संकुचित सोचाइ र व्यबहारमा परिवर्तन गर्न नसकेकोमा दुईमत छैन । जब कि अन्तरजातीय विवाह गरे कै कारण अकालमा मृत्युवरण गर्न बाध्य भएका घटना पनि दिनहुँ आइरहेका छन । गाउको त के कुरा गरौं र यो हाम्रो सतीले सरापेको देशमा शहर बजारमा समेत पानिको धारा छोएको निहुँमा त कहिले चुलो छोएको निहुँमा कुटिनु परिरहेको छ । सर्वसाधारण मानिको के कुरा गरौं र यहाँ प्रध्यानध्यापक जस्तो शिक्षित ब्याक्तित्वलाई समेत घर भित्र प्रवेश गरको निहुँमा मरणासन्न हुनेगरी कुटपिट गर्दे दलित भन्दै अपमानित र अभद्र ब्यबहार गरिएको घटना पनि हालसालै बाहिरिएको छ । उहाँ प्रतिको त्यो अपमानले गर्दा मानसिक तनाब र छियाछिया भएको मनको जिम्मेवारी कस्ले लिने ?

शहर बजारमा समेत दलित भएकै कारण कोठा भाडामा समेत नपाएर पीडित हुनु परेको घटना पनि बारम्बार आइरहेका छन । समाजमा मानवले मानवलाई गर्ने ब्यबहार पशुलाई भन्दा पनि तल्लो स्तरले गरेको पाइन्छ । एउटा कुकुरले घर भित्र पस्न सजिलै पाउँछ भने त्यही मानवको घरमा अर्को मानव घर भित्र त के नजिक सम्म पनि पर्न दिदैन्न । यो हाम्रो कस्तो समाज हो ? जब कुनै एउटा केटा र केटी संग अन्तरजातीय प्रेम हुन्छ भने उनिहरुले बिबाह गर्नको लागि हजारौं पटक सोच्नु पर्ने हुन्छ । किन कि अहिलेको यो परिवर्तनशिल समयमा पनि समाज र घर परिवारले सजिलै संग स्वीकार नगरेको घटना प्रष्ट आइरहेका छन । कतिपयले त यस्तै बाधा, अवरोह र पिडाहरु लाई छिचोल्दै कष्टकर तरिकाले आफ्नो प्रेमलाई सफल बनाउन प्रयत्न गर्छन । तर पनि यो समाज र परिवारको अपहेलनाले उनिहरुको जीवनयापनमा समेत निकै निरासाजनक रहेको पाइन्छ् । समाजमा व्याप्तरुपमा सँकुचित सोच भएकाहरुको हालीमुहालीले नै गर्दा यसरी निरासाजनक तरिकाले जीवन बिताउन बाध्य भएका छ्न ।

नेपाली समाजमा वर्ण व्यवस्थाका कारण जातिको उत्पत्ति भएको मानिन्छ तर अन्य मुलुकमा भने जाति र जात हुँदैन । नेपालमा प्राचिनकालमा विभिन्न जातजातिमा विभाजन गरिएको पाइन्छ । जस अन्तर्गत आफ्नो जातिलाई चिनाउन बिभिन्न वर्गमा विभाजन गरिएको छ । जस्तै जनजाति, दलित जस्ता शब्दहरू प्रयोग गर्ने गरिएको छ । कुनै पनि जात दलित हुँदैन । यो केवल वर्गगत रूपमा बोलिने शब्द हो । तर आजकल समाजमा दलित शब्द भन्नाले दलित जाती भनेर बुझिएको पाइन्छ । अहिलेको अवस्थामा समयको चक्र संगै दलित शब्दको विकल्प पनि खोजीरहेका छन । दलित भनी सम्बोधन गर्दा अपमानित भएको महसुस गर्दै दलितको सत्तामा शिल्पी शब्दको माग पनि बढिरहेको छ । परापुर्वकाल देखि कला र शिपको धनी समुदायलाई दलित शब्दले होइन शिल्पी शब्दले सम्बोधन गर्नको लागि पनि बहस भइरहेको छ । दलित शब्द कसैका लागि पेवा होइन । यो शब्द सधैंका लागि उत्तम पनि हुदैन । समयको माग अनुसार परिवर्तन हुन पनि जरुरी हुन्छ ।

नेपाली समाजले अब प्राचीनकालमा भएका अन्धविश्वास कुरितीलाई पछ्याउने होइन । सबैले आफ्नो सोच र बिचारलाई परिवर्तन गर्न जरुरी छ । नेपाली समाज अहिले विकासोन्मुख अवस्थामा अगाडि बढिरहेको छ । यो अवस्थामा जातीयता, साम्प्रदायिकता, धार्मिकता, वर्गीयता, लिंगीयताजस्ता कुरामा अल्झिनु भनेको फेरि हामी सय कदम पछडी धकेलिनु हो । समाजमा अब कसैले जातीय विभेद तथा छुवाछूत गर्यो भने जो कोहि पनि चुप लागेर सहेर बस्नु हुदैन । जात भनेको मात्र महिला र पुरुष हो । अन्य जतिसुकै जातजातिमा बिभाजन गरेपनि वास्तवमा त्यसमा भिन्नता ठान्नु मानवीयता माथिको बेइमानी हो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...