Saturday 25th April 2026

पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक


तितोपाटी-  नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौंमा ‘लोकतन्त्र र शान्तिका लागि सञ्चारः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक कार्यक्रम गरेको छ ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा स्वच्छ निर्वाचनका लागि अवसर र चुनौतीका विषयमा व्यापक छलफल भएको थियो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन र दक्षिण एसियाको प्रेस स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमा पछिल्लो एक वर्षमा दक्षिणा एसियामा पत्रकारहरुको अवस्था अवस्था खस्किँदो रहेको उल्लेख छ । त्यसैगरी नेपालमा २०७५ मा नेपाल पत्रकार महासंघको अनुगमन इकाईमा प्रेस स्वतन्त्रता उलंघनसम्बन्धी ६० वटा घटनामा ७७ पत्रकार र ५ सञ्चार गृह पीडित भएका भएका छन् ।

नेपाल सरकार, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ, युरोपियन युनियन, युएनडिपी र युनेस्कोको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधानले सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको बताउँदै मर्यादित, उत्तरदायित्व र जिम्मेवार रुपमा आम जनतामा कसरी स्थापित हुने भन्ने अहिलेको चुनौती रहेको बताए ।

उनले लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरुप मिडिया कानून निर्माण गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले २०६२÷०६३ सालको आन्दोलन, संविधान निर्माण प्रक्रिया र विभिन्न चरणका निर्वाचन सम्पन्न गर्न नेपाली प्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि उत्तिकै महत्वपूर्ण रहने बताए । उनले नयाँ कानुनहरु मिडियामैत्री हुन नसकेको बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्ता कार्यक्रमले निर्वाचन प्रणालीमा सुधार गर्न सहकार्यको वातावरण तयार हुने विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन आम सञ्चारमाध्यम मात्रै नभई सामाजिक सञ्जालको प्रयोग र पहुँच बढाउनुपर्नेमा जोड दिए ।

युएनका आवासीय प्रतिनिधि भेलरी जुलियन्ड, मानवअधिकारको विश्वव्यापी घोषणा पत्रको धारा १९ र २१ ले प्रेस स्वतन्त्रताको विषयलाई विश्वव्यापी रुपमा सुनिश्चित गरेको बताए ।

नेपालस्थित बेलायती राजदूत रिचार्ड मुरिसनले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुचक मात्रै नभएर सार्वजनिक सेवाको सुधार गर्न उत्तरदायी औजारको रुपमा रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति हरिहर विरही र प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...