Saturday 18th May 2024

नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा: गगन थापा


तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमले जनतालाई निरास बनाएको बताएका छन्।

सरकारले संघीयताप्रति प्रतिवद्ध नरहेको तथा नीति, कार्यक्रम जनतामुखी नभएको उनको तर्क छ।

थापाले संसद भवन परिसरमा पत्रकारहरुमाझ भने, ‘यो नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा हो। जनतालाई निराश बनाएको छ।’

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको ठाउँमा पटकपटक मेरो सरकार भनेकोमा पनि थापाले आपत्ति जनाएका छन्।

‘अहिलेको संरचनाका कुनैपनि मन्त्री र प्रशासकहरुसँग प्रश्न सोध्ने ल्याकत रहेनछ,’ उनले भने, ‘मेरो सरकार किन भनियो? यसमा राष्ट्रपतिको दोष छैन त्यो त सरकारले लेखेर दिएको हो।’

नीति तथा कार्यक्रममा लेखिएको भाषा ठीक छैन भनेर कुनैपनि मन्त्री र प्रशासकले प्रधानमन्त्रीलाई भन्न नसकेको पनि थापाले बताए।

साभार सेतोपाटी


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...