Wednesday 24th June 2026

दाहाल र देउवालाई भेटेर पत्रकार महासंघले दियो ज्यादती नरोके आन्दोलन गर्ने चेतावनी


तितोपाटी- नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रेस स्वतन्त्रतामाथि हुने गरेका हस्तक्षेप रोक्न माग गरेको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा आइतबार विहान दाहाल र देउवा निवास पुगेर पत्रकार महासंघले १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रकारहरुमाथि ज्यादती बढेको भन्दै नरोके आन्दोलन गर्ने चेतावनी पत्रकार महासंघले दिएको छ।

महासंघले कानुनबाट प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु सच्याउन पनि माग गरेको छ।

‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्छ,’ महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

साथै महासंघले राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न माग गरेको छ।

महासंघका महासचिव रमेश विष्टले १६ बुँदे ध्यानाकर्षण पढेर सुनाएपछि अध्यक्ष दाहालले सरकार र पार्टीमा पनि पत्रकार महासंघले राखेका मागबारे छलफल गर्ने प्रतिवद्धता जनाएका छन्। पत्रकारले उठाएका माग र हकहितका लागि सहयोग गर्ने दाहालको भनाइ छ।

सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा कांग्रेसले लड्दै आएको र अब पनि लड्ने बताए। ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस लड्दै आएको छ, लड्छ,’ देउवाले पत्रकारहरुसँग भने। पत्रकार महासंघका पदाधिकारी र पार्टी निकट पत्रकारका संगठनका नेता ध्यानाकर्षण पत्र बुझाउन नेता निवास पुगेका हुन्।


सम्बन्धित शीर्षकहरु

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

प्रतिकृयाहरू
...