Thursday 27th August 2026

साथीको शव गाड्ने पाँच जना पक्राउ


बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार प्रहरीले तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, ३५ वर्षीय चन्द्रबहादुर थापा, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुनलाई पक्राउ गरेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तिलोत्तमा नगरपालिका११ भुपु सैनिक टोलका ४० वर्षका मीनबहादुर गौतम १० दिनदेखि वेपत्ता भएकामा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार गत वैशाख १ गते राति गौतमसहित स्थानीय ५–६ जनाको समुह गाउँ छेउको जंगलमा बँदेल मार्न भन्दै विद्युतीय धराप थाप्न हिंडेका थिए । तर गौतम हराएपछि परिवार र प्रहरीले खोजतलास गर्दै जाँदा बँदेललाई मार्न राखिएको विद्युतीय धरापमा परी मृत्यु भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए । विद्युतीय धरापमा परी गौतमको वैशाख १ गते राति २ बजेतिर मृत्यु भएपछि संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...