तिलक भण्डारी – वैदेशिक रोजगारीको शिलशिलमा लामो समय देखि अरब बस्न बाध्य भइयो । रोजी-रोटीले गर्दा यसैको सेरोफेरोमा बसेर हेर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहना भित्रबाट पालाएको थियो तर यो चाहना आजबाट पक्कै पनि होइन हिजो विद्यार्थी जीवनकालबाट नै चाहना र इच्छा हुँदा पनि यसलाइ गोजीमा पोको पारी बसेको थिए । तर अाज आएर यो कुवेतको नगरीमा विभिन्न किसिमले समाजिक अभियान चलेको देख्दा मलाइ पनि र तमाम अन्य मेरो क्षेत्रबासी मित्रहरूलाइ पनि समाजिक अभियानमा लाग्न उर्जा थपिएको छ ।
यो समाजिक अभियानलाइ निरन्तरता दिनु पर्छ भन्ने हामी सबैको चाहना पनि छ र चाहना हुनु पनि पर्छ किनकी मानिस एक समाजिक प्राणी हो । सबैले आफ्नो ठाउँबाट समाजलाइ आफुले दिन सक्ने योगदान दिनुपर्छ तर बिडम्वना सामाजिक अभियानको नाममा अनेकाैं विकृति देख्दा दिक्क लाग्छ । वैदेशिक रोजगारीमा अाइसके पछि जुन देशमा अाइएको हो त्यो देशको नियम कानून, रीतिरिवाज, धर्म-संस्कृति जस्ता कुरालाइ ध्यानमा नराखी त्यहाँको नीति नियम र कानूनले बर्जित गरेका कार्यहरू गरेर मनपर्दी गरेर बस्ने र स्वदेश फर्कन मन लागे पछि अथवा स्वदेश फर्कनु पर्ने वाध्यात्मक अबस्था अाएपछि सामाजिक सहयोगको अपेक्षा गर्ने र त्यस्तै व्यक्ति व्यक्तित्वहरूलाइ सामाजकि अभियान चलाउनेहरूले सहयोग गरेको देख्दा अचम्म लाग्छ । वर्षाैं देखि यस कुवेत नगरीमा प्रायः यस्तै यस्तै केशहरूमा सामाजिक अभियान चलेको देख्न सकिन्छ । व्यक्ति मात्र नभएर कुवेतमा कृयाशिल सामाजिक संघ सँस्थाहरूले समेत उपरोक्त नीति-नियम र कानून वर्जित कार्य गर्नेहरूलाइ उद्दार र सहयोग गरेको देख्दा संघ सँस्था प्रति सर्वसाधारणको नकारात्मक भावना जागृत हुँदै गएको छ । जसले भोलीको समृद्ध समाज निर्माणमा सकारात्मक होइन नकारात्मक सन्देश दिन्छ ।
यस कुवेत नगरीमा समाजिक संघ सँस्था के हो ? सामाजिक संघ सँस्था किन र कस्को लागि भन्ने बुझेको पटकै देखिएको छैन । संघ सँस्थालाइ चलायमान गराउने कार्यकारीहरूले सामाजिक संघ सँस्थाको परिभाषा नबुझेर हो वा बुझि बुझि पनि बुझ पचाएर यस किसिमका कृयाकलाप संचालन गरेका हुन बुझ्न गार्हो परेको छ । विविध(श्रमिक, शारीरिक, मानसिक) कारणले पीडित बनेकाहरूका लागि सामाजिक सहयोग उपलब्ध गराउन समाजिक अभियान संचालन गर्नु राम्रो कुरा हो । तर पाखुरामा बल भइन्जेल बदामासी गर्ने, मनपरी गरेर हिँड्ने, राष्ट्रकै नाम कलंकित गर्ने – जब कम्जोर होइन्छ वा अशक्त होइन्छ तब सामाजिक सहयोग माग्नेहरूलाइ सहयोग गर्ने कार्य भने संघ सँस्थाहरूलाइ पटक्कै सुहाउँदैन । यस विषयमा सम्बन्धित सबैको ध्यानाकृष्ट होस ।
सहयोगको नाममा एउटा नेपालीले अर्को नेपालीलाइ रोजगार दिलाउने बहानामा बन्धक बनाएर राख्ने र चर्को शुल्क असुल्ने कार्य किमार्थ मान्य हुने विषय होइन । हिँजो आज यो समेत देखिन थाल्यो कि स्वयं समाजिक अभियन्ता हुँ भन्नेले पनि यस्तै गतिबिधिमा संलग्न भएको सुन्न र देख्न थालिएको छ । सामाजिक संघ सँस्थालाइ हाँक्ने अभियन्ताहरूले त यस्ता प्रवृत्तिलाइ निरूत्साहित गर्दै अन्य नेपालीलाइ पनि सचेत गराइ राहत उद्दार, जन-चेतना र सामाजिक सेवाका कार्यमा अगाडि बढनु समाजिक अभियन्ताको मुख्य जिमेवारी भुमिका रहन्छ । तर यहाँ सत्य र निष्ठापुर्वक सामाजिक सेवा गर्नेहरूको खडेरी पर्दै जान थालेको अाभाष हुन थालेको छ । यदि सच्चा मनले कसैलाइ रोजी-रोटीको लागि सहयोग गर्न सकिन्छ भने सबै भन्दा ठुलो मानविय धर्म नै यहि हुनेछ । किनकी तपाइ एक जनाको सहयोगले उसको दश जनाको परिवारको जिवन राम्रो सग चल्न सक्छ । त्यसकारण “सेवा नै धर्म हो” भन्ने मोनभावना लिएर समाजिक कार्यमा लाग्नु भयो भने पकै पनि तपाइको भलो हुनेछ ।