Thursday 25th April 2024

साप्ताहिक राशिफल(बैशाख ६ गते देखि १२ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष 

व्यक्तिगत क्षमताबाट जवाफदेही कार्य सम्पन्न गरी नयाँ उचाइमा पुगिनेछ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलबल्याउन सक्छ । काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । आफ्नो हठका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुनसक्छ । इच्छा नहुँदा–नहुँदै बाध्यात्मक रूपमा धन खर्चिनुपर्नेछ ।

वृष 

व्यापारको सिलसिलामा विदेश भ्रमण हुन सक्छ । प्रयासहरू सफल हुँदै जानेछन् । व्यवसायिक क्षेत्रमा सुधारको संकेत देखा पर्दैछ । धातुको कारोबारमा थप लगानी गर्दा लाभ हुने देखिन्छ । नीलो रंगका पहिरन तथा बोलीको प्रभावले रोकिएको काम सुचारु हुनेछन् ।

मिथुन

खराब आचरण भएकाहरूबाट टाढा रहँदा नै आफ्नो कल्याण हुनेछ । सहयोगी हात अघि बढ्नाले आर्थिक हैरानी फर्नेछैन । शक्तिशाली व्यत्तिसँगको भेटघाटमा नौला कुरा सिक्ने अवसर जुर्नेछ । प्रेमिकाको सहयोग र सद्भावबाटै उचाइमा पुग्न सकिनेछ । अध्ययनका क्रममा विदेश भ्रमण हुनसक्छ । विभिन्न प्रतियोगितामा सफलता हात लाग्नेछ ।

कर्कट

नयाँ व्यवसाय उचाइमा पुर्‍याउन अभिभावकहरूको सुझाव आत्मासात्  गर्नुपर्नेछ ।  प्रशस्त आम्दानी हुने कामबाट परिवारको प्रशंसा प्राप्त हुनेछ । तपाईंको भावी कार्ययोजनाको कदर पनि होला । दान–पूण्यको काममा संलग्न हुँदा प्राप्त हुने आत्मविश्वासले व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने देखिन्छ ।

सिंह 

गोप्य रूपमा गरिएका कार्यले अपेक्षाभन्दा छिटो सफलता दिलाउनेछ । साथीभाइसँग नगद कारोबार गर्दा ध्यान पुर्‍याउनुहोला । नौलो स्थानको यात्रा हुन सक्छ । भेटघाटले मनोबल बढाउनेछ । भोजभतेरमा संलग्न भै अबेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ ।

कन्या 

मझौला किसिमका लगानीबाट धन आर्जन गर्न सकिनेछ । सामाजिक क्षेत्रमा काम गर्ने  अवसर जुट्नेछ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । प्रेमसम्बन्धमा सावधानीपूर्वक निर्णय गर्नुमै आफ्नो भलो छ । मौसमी फेरबदलका क्रममा स्वास्थ्यको ख्याल राख्नुहोला ।

तुला 

जीवनमा नयाँ आयाम भर्न सेतो रंगलाई प्राथमिकता दिनुहोला । नयाँ अवसर हात पार्न कठोर मेहनत गर्नुपर्नेछ । कुनै पनि काम द्रुत गतिमा सम्पन्न गर्नुपर्ने चुनौती टरिसकेको छैन । प्रेम प्रस्तावमा समय लिएर निर्णय गर्नुपर्नेछ । साताको अन्त्यमा खर्चलो भ्रमणको योग छ ।

वृश्चिक

ध्यानपूर्वक गरिएको कामले लाभ दिलाउनेछ । नयाँ कार्य प्रारम्भ गर्दा आफ्नो मात्र नभै अभिभावकको रुचिको पनि ख्याल गर्नुहोला । रोजगारीका लागि भौंतारिनुपर्ने स्थिति छ । अन्तर्वार्ता वा परीक्षामा सामेल हुदाँ संयमित रहनुहोला । पहेंलो रंगको प्रयोगले अपेक्षित परिणाम दिनेछ ।

धनु 

रोकिएका कार्यमा पुनः प्रयत्न गर्दा सफलता प्राप्त होला । विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । लगानीले गतिलो आम्दानी हात लागाउनेछ । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ । सप्तान्तमा पाहुनाहरूसँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ ।

मकर 

मेहनतपूर्वक सम्पन्न गरिएका कार्यमा समेत अपजस मिल्न सक्छ । गुप्त शत्रु हावी हुने हुँदा ठूलाखाले योजना अघि नबढाउनुहोला । लगानी नगरी मुनाफा चाहने पार्टनरसँग भेट हुन सक्छ । महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ ।

कुम्भ 

परिश्रमअनुसार राम्रै फल पाइनेछ । खर्च बढ्नाले आइतबारपछि आर्थिक अभाव हुनेछ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा होला । टाढाका साथीभाइसँग लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुने पनि देखिन्छ ।

मीन 

अभिभावकहरूको सल्लाहमुताविक चल्न सके समस्याबाट मुक्त हुन सहजता होला । कठोर परिश्रम गर्ने समय आएको छ । दिन–प्रतिदिन नजिकिँदो अवसर तथा चुनौतीलाई परास्त गर्न थप समय दिनुपर्ने हुन्छ । प्रातः ब्रह्म मुहूर्तमा उठी ईश्वरको स्मरण एवं योग गर्नाले मानसिक तनाव तथा थकान निर्मूल हुनेछ ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...